औरहीका मेयरले भने, - 'नगरपालिका छाडेर पुरानो गाविसमै काम गर्छु'
औरही नगरपालिका असुरक्षित नगरपालिका रहेको हुनाले विहिबारदेखि सोनामाई गाविस कार्यालयमा काम काज गर्ने !

२०७५ असोज १७ बुधबार, बेलुकी ७:५१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको औरही नगरपालिकाका मेयर सुनिल कुमार यादवले नगरपालिका कार्यालय भन्दा पुरानै गाविसको कार्यालयमा काम गर्ने बताएका छन् ।
बुधबार दोस्रो दिन समेत नगरपालिकाको कार्यालयमा तालाबन्दी यथावत रहेको छ । औरही नगरपालिकाको मुल गेटमा नगरपालिकाकै नगरीक समाजको अगुवा गरिरहेका दरेश यादव लगायतका ब्यक्तीले ताला लगाई आन्दोलनमा उत्रिएका छ्न ।
बिगत एक महिना देखि चरमबदरुपले मेयर सुनिल कुमार यादवले जनताको ढाड सेकनेगरी लगाएको दोहोरो कर, भ्रष्टाचार र २०७४/७५ को आय व्यय सार्वजनिक नगरेको तथा शान्तिपुर्ण आन्दोलनलाई बेवास्ता गरेको भन्दै बाध्य भएर नगरपालिकाको मुल गेटमा तालाएको अगुवा दरेश यादवले बताए ।
आफुले जनताको अधिकार सुनिश्चित गर्नको लागि कडा भन्दा कडा आन्दोलन गर्न तयार रहेकोे र आफुले माग गरेको बिषय गलतहो भने जनता र नगरबासी सँग माफी माग्न तयार छु, तर मेयर यादवले नगरपालिका बाट भगाउन दिएको धम्की स्वीकार नरहेको थपे ।
सोनामाई गाविसको पुरानो कार्यालयमा नगरपालिकाको सम्पुर्ण काम काज सुचारु गरिने मेयरले बताए । औरही नगरपालिका असुरक्षित नगरपालिका रहेको हुनाले विहिबारदेखि सोनामाई गाविस कार्यालयमा काम काज गर्ने बताएका छ्न् ।
औरही नगरपालिकामा रहेका राजापा नेता दरेश यादव, संघीय समाजवादी फोरम नेपालको नेता महेन्द्र राय यादव लगाएत मुठि भरीका व्यक्तिहरुले जनता लाई भ्रममा पारेर आतंक मचाई नगरपालिकाको कामकाज पटक पटक अबरुद्ध गर्दै आएका भन्दै औरही नगरपालिकाको कार्यालयमा नबसी सोनामाई गाविसको भवनमा काम काज गर्ने बताएका छ्न।
औरही नगरपालिकाको प्रहरी प्रशासन समेत आफुलाई र जनतालाई सुरक्षा नदिएको पटक पटक नगरपालिकाको काम काजमा दरेश यादवले काम काज अबरुद्ध गरेको प्रहरी लाई साहायक सिडिओ शम्भु यादवले प्रहरीलाई ताला फुटाउन समेत आदेश नदिएको आरोप लगाइएको छ ।
जब सम्म दरेश यादव जनता सामु आम माफी मागदैन, शाहायक सिडीओ शम्भु यादवलाई सरुवा गर्दैन, औरही नगरपालिकाको नाम परिवर्तन गर्दैन, तबसम्म औरही नगरपालिकाको कार्यालयमा आफु लागाएका पदाधिकारी त्यहाँस्थित नबसेर सोनामाई गाविसको पुरानो भवनमा बसि जनताको काम काज गरिने मेयर यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…