बाँकेको सिडिओ कार्यालय अगाडी सिके राउत कार्यकर्ताको प्रदर्शन !
राम मनोहर यादवलाई न्याय दिनुपर्छ भन्दै मानवअधिकारकर्मी , युवाहरु सरकारसँग माग गरेका छन् ।

२०७५ असोज १७ बुधबार, दिउँसो ३:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपालगञ्ज । प्रहरी हिरासतमा मृत्यू भएका डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका नेता राम मनोहर यादवको न्यायको लागि बुधबार ७ औँ दिन प्रदर्शन गरिएको छ ।
बाँके जिल्ला प्रशासन कार्यालय अगाडी गठबन्धनका कार्यकर्ताहरु प्लेबोर्ड सहित राम मनोहर यादवलाई न्यायको लागि नारा जुलुस सहित प्रदर्शन गरेका हुन् ।
गत भदौ ७ गते बाँके बर्दियाबाट पक्राउ गरिएका स्वतन्त्र मधेस गठबन्धनका नेता यादवलाई प्रहरी कस्टडीमा मृत्यू भएको थियो । उक्त दिन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको भन्दै पक्राउ गर्न आदेश मन्त्री यादवले दिएको थियो ।
पक्राउपछि प्रहरी हिरासतमै करिब एक सातापछि मृत्यू भएपछि गठबन्धनका नेता कार्यकर्ता सहित आम जनता तातिएका हुन । राम मनोहर यादवलाई न्याय दिनुपर्छ भन्दै मानवअधिकारकर्मी , युवाहरु सरकारसँग माग गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…