हुलाकी सडक निर्माण ढिलाइप्रति युवा संवाद समूह धनुषाले दबाब दिने
जिल्लामा युवाहरुमा लागुऔषध प्रयोगको न्युनिकरणको लागि गर्न सकिने प्रयास बारे उत्सुक्ता

२०७५ असोज १६ मंगलबार, बेलुकी ५:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेसको मुख्य सडकको रुपमा रहेको निर्माणधिन हुलाकी सडक निर्माण कार्यमा भइहरेको ढिलासुस्तीप्रति धनुषा युवा संवाद समूहले चासो देखाएका छन् ।
संवाद समूह धनुषाको नियमित बैठकले सामाजिक उत्तरदायित्वको कार्यमा युबा सहभागीता लाई जोड दिदैं जनकपुरधाम देखि कमला नदिसम्मको हुलाकी मार्ग निर्माणमा भैरहेको ढिलाईप्रती सरोकारवाला निर्माण व्यावसायी सँग निर्माण ढिलाई हुनुको कारण र युबा संजालले निभाऊन सक्ने भुमिकाको खोजी र यथासिघ्र निर्माणको लागि दबाब दिने निर्णय गरेको छ ।
हुलाकी सडक निर्माणको लागि ठेकेदारले ठेकेदारी लिएपनि सम्झौता समय विपरित कार्य अगाडी बढाएको कारण पूर्वी धनुषाका सर्वसाधारणहरु मारमा परेका छन् ।
संवाद समूहको मँगलबार बसेको बैठकबाट जिल्लामा युवाहरुमा लागुऔषध प्रयोगको न्युनिकरणको लागि गर्न सकिने प्रयास र त्यसको आधिकारिक खाका सरोकारवालाहरूसँग छलफल गर्दै आगामी दिनमा तय गर्ने निर्णय समेत गरिएको हो ।
नेपाल कृषि प्रधान देश त्यसमा पनि अन्नको भण्डार भनेर चिनिने तराई मधेसको धनुषा जिल्ला सहित आसपासका जिल्लाहरुमा रासायनिक मलको अभावप्रति समेत संवाद समूहका सदस्यहरुले आवाज उठाएका छन् ।
खेतिको सिजनमा हुने रासयनिक मल अभावको बिषयलाई गम्भीर रूपमा लिदैं क्षेत्रीय कृषि समिती मार्फत रासायनिक मलको वितरण बिचौलियाको चलखेलमा नभई वास्तविक किसान सम्म पुर्याउन सहयोग र समन्वय गर्ने काममा पनि युबा संवाद समितिको ध्यान पुर्याउने निर्यण गरिएको हो ।
त्यस्तै, स्थानीय जनप्रतिनिधिबाट भएका गलत काम तथा बिकासको काममा हुने ढिलासुस्ती विरुद्ध स्थानीय युवालाई जागरुक गर्ने र निगरानी राख्ने काम जारी राख्ने निर्णय समेत मँगलबारको बैठकबाट गरिएको हो ।
बैठकबाट युवा संवाद समूहमा महिलाहरुलाई समेत आवद्ध हुन आग्रह गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…