औरही नपाको कार्यालयमा स्थानीयहरुले हाने ताला
सोमबार वर्दिवास जलेश्वर सडकखण्ड अवरुद्ध गरेका थिए ।

२०७५ असोज १६ मंगलबार, बिहान ११:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा स्थानियहरुले तालाबन्दी गरेका छन् । नगरपालिकाले यस आर्थिक बर्षको बजेटमा कर बृद्धि गरेको, वजेट पारदर्र्शी रुपमा सार्वजानिक नगरेको भन्दै स्थानियहरुले मंगलवार विहान कार्यालयको मुलगेटमा तालाबन्दी गरका हुन् ।
यसभन्दा अगाडि कार्यालयमा ज्ञापनपत्र देखि लिएर विरोधको अनेकौ कार्यक्रम गर्दा समेत आफुहरुको मागको सम्बोधन गर्नका लागि नगरपालिकाले तयार नभएपछि बाध्य भएर कार्यालयको मुलगेटमा तालाबन्दी गरिएको आन्दोलनकारी संयोजक दरेश यादवले बताउनुभयो ।
नगरपालिकाले वजेट सार्वजानिक गरिएको दिनदेखि नै आफुहरु विरोधको कार्यक्रम गर्दा समेत नगरप्रमुखले वार्ता वा छलफल गर्नका लागि तयार नभएपछि जनभावना अनुसार नै तालाबन्दी गरेको संयोजक यादवले जनाउनुभयो ।
यता नगरप्रमुख सुनिल यादवले भने आफुले बोलाएको बैठकमा आन्दोलनकारीहरु नआउदिएपछि बार्ता हुन नसकेको धारणा राख्नुभयो । नगरपालिका जनताको भावना अनुसार नै चल्नको लागि तयार रहेको नगरप्रमुख यादवले तर्क राख्नुभयो ।
यसभन्दा अगाडि विभिन्न चरणको आन्दोलनको कार्यक्रम गर्दै आएको औरहीका स्थानियहरु आईतबार नगरपालिकाको मुलगेटमा धर्ना दिएका थिए भने सोमबार वर्दिवास जलेश्वर सडकखण्ड अवरुद्ध गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…