धुर्मुश सुन्तलीले छात्र- छात्राहरुलाइ पोशाक बाँडे
धुर्मुश सुन्तलीले १ सय २५ छात्रछात्राहरुलाई अभिभावकत्व ग्रहण गरेका छन् ।

२०७५ असोज १५ सोमबार, बिहान ११:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी गौशाला नगरपालिका वडा नं. मनहर्वा स्थित नेपाल राष्ट्रीय जनजाती अधारभुत विद्यालय मनहर्बामा एक सामारोह बिच हास्य कालाकार धुर्मुस सुन्तलीद्वारा पोशाक वितरण गरिएको छ ।
कलाकार एवम् समाजसेवीद्धय कट्टेल र घिमिरेले मनहर्वा बस्तीका बालबालिका पढ्ने नेपाल राष्ट्रिय जनजाति आधार विद्यालयमा पुगेर यहाँ अध्ययनरत दुई सय ७० जनालाई पोशाक वितरण गरेका हुन् । गत बैशाख १३ गते शिक्षाबाट बञ्चित १ सय २५ बालबालिकालाई उनीहरुले नै स्कुल भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका थिए । विद्यालय भर्ना गर्ने क्रममा उनीहरुले विद्यार्थीलाई शैक्षिक सामाग्री तथा झोला बाँडेका थिए ।
धुर्मुश सुन्तली फाउन्डेसन का अध्यक्ष धुर्मुस र सुन्तली को विशेष उपस्थितीमा भएको कर्यक्रमा सङम पब्लिकेसन काठमाण्डुका एस पि बासकोटाले धुर्मुस सुन्तलीले हामी नेपालीहरु सँग रगतको नाता राखी काम गरिरहेको बताए ।
सँचारकर्मीहरुको एक जिज्ञासा उनले, सरकारद्वारा पोसाक वितरणमा चासो नदेखाएकोले हामी हरुलाई वितरण गर्नु परि रहेको बताए ।
स्थानिय सरकारको हातमा सम्पूर्ण काम गएको कारण त्यस विद्यालयमा नपा गौशालाद्वारा विभिन्न समयमा पोशाक झोला वितरण गर्दै आइरहेको छ । धुर्मुश सुन्तुलीले गरेको कामहरु पूर्ण पार्दर्शी छ , खास गरि नेपालका पिछिडिएका विद्यार्थीहरु लाई आफ्नो सन्तान जस्तै हेरिरहेको छ । उप मेयर आशा लामाले बताइन् ।
कार्यक्रममा सुन्तलीद्वारा विभिन्न किसिमबाट विद्यार्थीहरुलाई आफ्नो हाँस्य अभिनयद्वारा हँसाउदै , ठूलो मान्छे बन्नका लागि ठुल्लो सोच राख्नु पर्छ, डा., इन्जिनयर बन्नका लागि जाती होइन ज्ञान हुनु पर्छ, २ ४ साल यता दलित समुदायका व्यक्तिहरु समेत जनचेतनामा वृद्धि भएको महसुस भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी धुर्मुसले विद्यालयमा १ सय २५ विद्यार्थीको अभिभावक बनेकोले मलाइ गर्व छ । नेपालका सम्पुर्ण विद्यार्थीहरुलाई आफ्नो सन्तान बुझेर काम गरि रहेछु , मानव सेवामा गरिएको काम भन्दा कुनै पनि काम ठूलो हुदैन ।
सँचारकर्मीहरुको एक जिज्ञासा उनले, सरकारद्वारा पोसाक वितरणमा चासो नदेखाएकोले हामी हरुलाई वितरण गर्नु परि रहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…