मिर्चैयामा ट्रक र कार जुध्यो, ५ घाईते
न्यूज ब्यूरो, सिरहा । सिरहामा ट्रक र कार एकापसमा ठोक्किदा ५ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत् सिरहाको मिर्चैया नगरपालिका १ महदेवास्थित सोमबार विहान साढे ६ बजेको समयमा ट्रक र कार ठोकिएर दुर्घटना हुँदा ५ जना घाईते भएका हुन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ३३५० नम्बरको ट्रक

२०७५ असोज १५ सोमबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा ट्रक र कार एकापसमा ठोक्किदा ५ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत् सिरहाको मिर्चैया नगरपालिका १ महदेवास्थित सोमबार विहान साढे ६ बजेको समयमा ट्रक र कार ठोकिएर दुर्घटना हुँदा ५ जना घाईते भएका हुन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ३३५० नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको विआर ३० आर ५१७१ नम्बरको कार एकापसमा ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ठक्करबाट ट्रक चालक र कार चालकसहित सबार तीनजना गरी जम्मा ५ जना घाइते छन् ।
घाईते पाँचै जनाकोे मिर्चैयास्थित मंगलम हस्पिटलमा उपचार भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…