प्रदेश २ सरकारको हरित प्रदेश अभियान शुभारम्भ, एकैसाथ रोपियो ५० हजार विरुवा
स्वच्छ बातावरणका लागि प्रदेश २ मा "हारित प्रदेश अभियान" प्रारम्भ ।

२०७५ असोज १२ शुक्रबार, दिउँसो ३:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारको हरित प्रदेश अभियान आजदेखि सुभारम्भ भएको छ । स्वच्छ बातावरणका लागि प्रदेश २ लाई हरित प्रदेश बनाउने अभियानको शुक्रबारदेखि शुभारम्भ गरिएको हो ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रम अन्तर्गत रहेको हरित प्रदेशको योजना कार्यान्वयन गर्न प्रत्येक जिल्लामा विभिन्न प्रजातीका ७ हजारदेखि ८ हजारसम्म विरुवा रोपेर हरित प्रदेश अभियान प्रारम्भ गरिएको छ । सोही अभियान अन्तर्गत धनुषाधामको संरक्षित वनमा समेत वृक्षारोपण गरिएको छ ।
धनुषाधाम संरक्षित वनको अध्यक्ष जगदिश यादवको अध्यक्षतामा गरिएको वृक्षारोप कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रदेश २ सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव रहनुभएको थियो भने विशिष्ट अतिथिका रुपमा प्रमुख सचिव राजेन्द्रमान सिंह रहनुभएको थियो । त्यसैगरी, प्रदेश २ का सांसद राम अशिष यादव, धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डल, उप–प्रमुख, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, मिथिला वाईल्ड लाइफ ट्रस्टका अध्यक्ष देव नारायण मण्डल लगायतको विशेष आतिथ्य रहेको थियो ।
प्रदेश सरकारका विभिन्न कर्मचारी, स्थानीय बुद्धिजीवी, समाजसेवी, विभिन्न राजनीतिक दलका स्थानीय नेता, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ संस्थाका कर्मचारी, सर्वसाधरण लगायतको सहभागितामा वृक्षारोपन गरिएको हो ।
प्रदेश २ को ८ जिल्लामै आज रोपिएको ५० हजार विरुवाको १५ दिनसम्म निरन्तर रेखदेख, पानी सिंचित र अनुगमन गर्ने एवं विरुवा सुकेको ठाउँमा पुनः रोपिने जनाइएको छ ।
गत सोमबार बसेको प्रदेश २ को मन्त्री परिषद बैठकले हरित प्रदेश योजना कार्यान्वयन गर्न असोज १२ गते आठ वटै जिल्लामा ५० हजार विरुवा रोप्ने निर्णय गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…