पुलचोक कोल्डस्टोरसम्म सडकभित्रको घर, टहरा हटाउन सूचना
जारी गरेको १५ दिने सूचनामा समयसीमा भित्र घर, टहरा नहटाए जुनसुकै बेला नगरपालिकाले भत्काउन सकिने चेतावनी समेत दिइएको छ ।

२०७५ असोज ९ मंगलबार, बिहान ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको पुलचोकदेखि कोल्ड स्टोरसम्ममा सडकभित्र पर्ने घर, टहरा, पर्खाल हटाउन १५ दिने सूचना जारी गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका कार्यालयले एक सूचना जारी गर्दै पूलचोकको पशुपति आइरन स्टोरदेखि कोल्डस्टोरसम्मको जम्मा १६ मिटरको सडक निर्माण कार्य हुने भएकोले १५ दिनभित्र सडकको केन्द्रदेखि ८ मिटर दायाँ र ८ मिटर बायाँमा पर्ने घर, टहरा, पसल, पर्खाल आदी समयमै हटाउन सूचना जारी गरेको छ ।
जारी गरेको १५ दिने सूचनामा समयसीमा भित्र घर, टहरा नहटाए जुनसुकै बेला नगरपालिकाले भत्काउन सकिने चेतावनी समेत दिइएको छ ।
हुलाकी राजमार्ग आयोजना कार्यालय धनुषा अन्तर्गतको २०७५/५/२०, च.न. ७५ को पत्रानुसार त्यस कार्यालयबाट निर्माण भईरहेको जनकपुरधाम यदुकूहा सडकमा पर्ने जनकपुरधामको शुभचोकस्थितको पशुपति आइरन स्टोर देखि कोल्ड स्टोरसम्मको सडकभित्रको घर, टहरा, पर्खाल आदी हटाउन सूचना जारी गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…