मधेशमा डिजिटल शिक्षामा जोड, सांसद यादवले बाँडे कम्प्युटर
उहाँले नगर नेतृत्वलाई सबैसँग हातेमालो गरेर अघि बढ्न आग्रह समेत गर्नुभयो ।

२०७५ असोज ५ शुक्रबार, बेलुकी ६:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादवले सिरहाको मिर्चैया ११ स्थित श्री जनता मावि सितापुरमा ५ थान कम्प्युटर बाँडेका छन् । मधेशको शिक्षामा परिवर्तन र आधुनिकता ल्याउनुपर्ने उदेश्यका साथ सांसद यादवले शुक्रबार कम्प्युटर वितरण गरेका हुन् ।
सिरहाको मिर्चैया नगरपालिका ११ सितापुरमा अवस्थित श्री जनता माविको ४ कोठे नयाँ भवन निर्माणको शिलान्यास गर्दै सांसद यादवले मधेशको शिक्षामा सुधार र आधुनिकता आवश्यक रहेको औल्याएका छन् ।
संस्थागत विद्यालय भन्दा राम्रो पठनपाठन सामुदायिक विद्यालयमै भए सामुदायिक विद्यालयमा विद्यार्थीहरुको चाप बढ्ने र गुणस्तरीय शिक्षा लिनबाट कोहि बञ्चित नहुने उहाँले तर्क गर्नुभयो ।
वर्तमान अवस्थामा उच्च ओहदाका व्यक्तिहरु समेत आफ्नो छोराछोरीलाई नेपालकै संस्थागत विद्यालय र विदेशमा पढाउने गरेकाले नेपालको सामुदायिक विद्यालयको विद्यार्थी कमजोर भएको, शिक्षाको अवस्था झन खस्किएको भन्दै सबै सरकारी पद धारण गरेका र सरोकारवाला व्यक्तिहरुले छोराछोरीलाई समेत सामुदायिक विद्यालयमै नपढाएसम्म शिक्षामा परिवर्तन ल्याउन नसकिने सांसद यादवले बताउनुभयो । उहाँले कार्यक्रममा उपस्थित मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवलाई शिक्षामा विषेश अग्रसर हुन सुझाव समेत दिनुभयो ।
सांसद यादवले कार्यक्रमलाई सम्बोधन गर्दै देशको विकास र समृद्धिको निम्ति पार्टीबाट माथि उठेर लागे मात्र सम्भव रहेको बताउनुभयो । कार्यक्रममा उहाँले नगर नेतृत्वलाई सबैसँग हातेमालो गरेर अघि बढ्न आग्रह समेत गर्नुभयो ।
यस अभियानलाई निरन्तर राख्ने बताउनु हुँदै उहाँले केन्द्रबाट शिक्षाको लागि विशेष प्याकेज ल्याउने प्रतिबद्धता समेत प्रकट गर्नुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…