मधेस सरकारद्धारा वृक्षारोपण गरी संविधान दिवस मनाइयो
संविधान दिवसमा प्रदेश २ सरकारका सत्ता साझेदार दुई पार्टी विपरीत ध्रुवमा बाँडिएका छन् ।

२०७५ असोज ३ बुधबार, दिउँसो १२:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम | प्रदेश नं. २ अर्थात् मधेस सरकारले संविधान दिवसको अवसरमा बुधबार वृक्षारोपण कार्यक्रम गरी संविधान दिवस मनाएको छ ।
गत भदौ २८ को प्रदेश मन्त्रिपरिषदको बैठकले वृक्षारोपण गरेर संविधान दिवस मनाउने निर्णय गरेको थियो । यद्यपी वृक्षारोपण कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्रीसहित कुनै पनि मन्त्रीहरु उपस्थित भएनन् ।
संविधान दिवसमा प्रदेश २ सरकारका सत्ता साझेदार दुई पार्टी विपरीत ध्रुवमा बाँडिएका छन् ।
संविधानप्रति असन्तुष्टी देखाउँदै आफैले निर्णय गरेको कार्यक्रममा मन्त्रीहरु उपस्थित नभएका हुन् । मन्त्रीहरुको अनुपस्थितीमा प्रदेशका प्रमुख सचिव राजेश्वरमान सिंहको अध्यक्षतामा वृक्षारोपण कार्यक्रम गरेर संविधान दिवस मनाइएको हो ।
राजपाले कालो दिवस मनाउने
संविधान दिवसलाई राजपाले ‘कालो दिन’का रूपमा मनाउने भएको छ । बुधबार (आज) दिउँसो २ बजे राजपाले सामाजिक विकाश मन्त्री नवलकिशोेर शाहको अगुवाईमा विरोध कार्यक्रम गर्ने भएको छ । संघीय समाजवादी फोरमले भने विरोध र समर्थन कुनै कार्यक्रम नगर्ने भएको हो ।
उपप्रधानमन्त्री एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान दिवसलाई कालो दिवसका रूपमा नमनाउने बताएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…