महोत्तरीबाट विप्लप नेत्तृत्वको केन्द्रीय नेता प्रहरीद्धारा समातिए
गुुप्ता जलेश्वर बजारमा रहेको नवरंग होटेल सञ्चालक हुन् ।

२०७५ असोज ३ बुधबार, बिहान १०:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । जिल्ला प्रहरीले महोत्तरीको जलेश्वरबाट मंगलबार गएराती विप्लप नेत्तृत्वका नेपाल कम्युनिष्ट पार्टीका एक जना केन्द्रीय पार्षदलाई पक्राउ गरेको छ । प्रहरी गस्तिटोलीले राती सात बजेको समयमा जलेश्वर बजारबाट जलेश्वर नगरपालिका ४ बस्ने अन्दाजी ४५ बर्षिय संजय गुप्तालाई पक्राउ गरेको हो ।
पक्राउ गरेर उनलाई आवश्यक अनुसन्धान गरिरहेको महोत्तरी जिल्ला प्रहरीका प्रहरी नायव उपरिक्षक खगेन्द्र खडकाले जनाए । गुुप्ता जलेश्वर बजारमा रहेको नवरंग होटेल सञ्चालक हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…