डुमरिया अस्पताललाई जिल्ला अस्पताल बनाउनुपर्ने : नेता अरगरिया
अरगरियाले उठाउने माग र मुद्दाहरुलाई मातृभाषाका साथै नेपाली भाषामा समेत सम्बोधन गरेपछि सहजता हुने विचार यहाँका सर्वसाधारणहरुले राखेका छन् ।

२०७५ असोज १ सोमबार, बेलुकी ५:४२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतीनीधि सभा सदस्य एवम् संघीय साँसद उमा शंकर अरगरियाले डुमरिया अस्पताललाई स्तरोन्ती गर्नुपर्ने माग सँसदमा गरेका छन् ।
सोमबार संघीय सँसदमा आफ्नो मनतव्य राख्दै नेता अरगरियाले धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ मा स्थापित डुमरिया प्राथमिक उपचार केन्द्रलाई स्तरोन्ति गरी जिल्ला अस्पताल बनाउनुपर्ने माग सरकारसँग गरेका छन् ।
संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक समेत रहेका नेता अरगरियाले उक्त अस्पताललाई राष्ट्रिय शहिद सूर्यनाथ रानको नामले परिवर्तन गरेपछि गौरवान्ति भएको भन्दै शहिद रानको नामले सँचालन हुने उक्त अस्पताललाई प्राथमिक स्तरबाट जिल्लास्तरीय बनाउनुपर्ने माग गरेका छन् ।
गत असोज २० गते बसेको संघीय मन्त्रिपरिषद्को बैठकबाट नेकपाका केन्द्रीय सदसय जोग कुमार (श्रवण) बरबरियाले दिएको निवेदन र आग्रहको आधारमा डुमरिया अस्पतालको नाम शहिद सूर्यनाथ रान स्मृति अस्पताल राख्ने सहमति दिएको थियो ।
यही असोज ४ गते उद्घाटन हुन गईरहेको उक्त अस्पतालको नाम परिवर्तनप्रति कुनै आपत्ति नभएको भन्दै अस्पतालको स्तरमा आपत्ति जनाउँदै जिल्ला स्तरको अस्पताल बनाउन जोडदार माग गरेका छन् ।
एक अर्को प्रसँगमा बोल्दै नेता अरगरियाले स्थानीय तहको विकासलाई अनुगमन गर्ने जिम्मा उक्त क्षेत्रको प्रतीनीधिसभा सदस्यलाई दिनुपर्ने माग समेत उठाए । स्थानीय तहमा हुने गरेको विकास र कमसल कार्य तथा मापदण्ड विपरितका कार्यहरुको बारेमा अनुगमन गर्ने अधिकार र जिम्मा प्रतीनीधिसभा सदस्यलाई दिनुपर्ने माग उठाए ।
नेता अरगरिया संसद भवनमा आफ्नै मातृभाषामा सधैँ बोल्ने गरेको भन्दै यहाँका सर्वसाधारणहरुले साकारात्मक लिएपनि सम्बन्धित पक्षले उक्त भाषामा अलमलता भएकै कारण उनले बारम्बार उठाउँदै आएको मागहरुप्रति त्यतिको ध्यानाकर्षण नगरेका हुन सक्ने अनुमान गरिएको छ ।
अरगरियाले उठाउने माग र मुद्दाहरुलाई मातृभाषाका साथै नेपाली भाषामा समेत सम्बोधन गरेपछि सहजता हुने विचार यहाँका सर्वसाधारणहरुले राखेका छन् ।
यस सम्बन्धी अन्य समाचारहरु
शहिद सूर्यनाथ रान स्मृति अस्पतालको उद्घाटन असोज ४ मा हुने'शहिद सूर्यनाथ रान अस्पताललाई यहाँको लागि नमुना र सँजीवनी बनाउँछौँ ': कान्छो मेयर |
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…