तराई मधेसमा फोरमले असोज ३ लाई कालो दिवसकै रुपमा मनाउने
देशमा उनको पार्टीले संविधानको विरोध गर्ने भएपछि जनमानसमा द्धिविधा भएको छ ।

२०७५ असोज १ सोमबार, बिहान ८:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय समाजवादी फोरम नेपालको तराई मधेस प्रदेश तदर्थ समितिले असोज ३ गतेलाई कालो दिनकै रुपमा मनाउने जनाएको छ ।
आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले सरकारले बारम्बार गरेको संविधान सँशोधनको प्रतिवद्धता अहिलेसम्म पूरा नगरेको भन्दै असोज ३ लाई कालो दिवसकै रुपमा मनाउन नेता तथा कार्यकर्ताहरुमा ह्वीक जारी गरिएको छ । साथै संविधान दिवसमा कुनै पनि जनप्रतीनीधि र कार्यकर्ताहरुलाई सहभागी नहुन आग्रह समेत विज्ञप्ति मार्फत गरेको छ ।
असोज ३ गते दिनभरि हातमा कालोपट्टी बाँध्ने, सार्वजकि स्थानहरुमा कालो झण्डा झुण्डयाउने, साँझ ७ बजेदेखि ७ः१५ बजेसम्म ब्ल्याक आउट गर्ने कार्यक्रमहरु गर्ने भएको छ । यता, त्यही संविधानलाई टेकेर संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव संघीय सरकारको स्वास्थ्यमन्त्रीमा नियुक्त भएका छन् भने प्रदेशमा उनको पार्टीले संविधानको विरोध गर्ने भएपछि जनमानसमा द्धिविधा भएको छ ।
यादवले २०७२ साल असोज ३ गते जारी गरिएको संविधानकै तहत मन्त्री पद धारण गर्दै संविधानको मुताबिक कार्य गर्ने तथा संविधानप्रति पूर्ण वफादार रहने सपथ समेत लिएका छन् । संविधान बमोजिमको धारा अनुसार नै संघीय प्रदेशको निर्माण गरिएको छ भने प्रदेशको मुख्यमन्त्री पदमा समेत संघीय समाजवादी फोरमका नेता रहेका छन् भने तथा त्यही संविधानलाई टेकेर प्रदेश सरकार संचालनमा रहेको छ ।
तराई मधेस प्रदेश तदर्थ समितिकी अध्यक्ष रेणु यादवद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा संघीय समाजवादी फोरम नेपाल र मधेस प्रदेश समितिले निर्णय गरेको विरोधका कार्यक्रमहरुप्रति सहभागीता र समर्थनका लागि आग्रह समेत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…