निर्मलाको न्यायको लागि सिरहामा धन्कियो नारा, सरकार विरुद्ध प्रदर्शन
शनिबार ३ बजेदेखि सुरु भएको प्रदर्शनमा युवाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिकालाई न्याय दिन माग गरेका छन् ।

२०७५ भदौ ३१ आइतबार, बिहान ८:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । देशभर बढिरहेका बलात्कारका घटनामा संलग्नलाई कारबाही गर्न र पीडितलाई न्याय दिन सरकार चुकेको भन्दै सिरहामा प्रदर्शन भएको छ । ‘निर्मलाका निम्ति न्याय’ नाममा सिरहाको दुई स्थानमा युवाहरुले स्वतः स्फुर्त विरोध र्याली गरेका हुन् ।
शनिबार ३ बजेदेखि सुरु भएको प्रदर्शनमा युवाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिकालाई न्याय दिन माग गरेका छन् । ५२ दिन बितिसक्दा पनि निर्मलाको बलात्कार र हत्यामा संलग्न पत्ता लगाउन नसकेको भन्दै र्यालीका सहभागीहरूले सरकारको चर्को विरोध गरेका थिए ।
हत्यारालाई कार्वाही गर, पीडितलाई न्याय दे, महिला हिंसा बन्द गर जस्ता नाराबाजी गर्दै युवाहरुले सरकारको चर्को बिरोध सहित दवाब दिएका थिए । सिरहाको महाबिर चौक र हेमनारायण चौकमा कार्यक्रम गरिएको सहकर्मी नरेशचन्द्र बरबरियाले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…