शिक्षा माफिया विरुद्ध जनकपुरमा प्रदर्शन, भोली शैक्षिक सँस्थान बन्द गराइने !
शिक्षाको गुणस्तरीयता शून्यमा झारेको भन्दै त्यसलाई सुधारको लागि आन्दोलन !

२०७५ भदौ ३० शनिबार, राति ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गुणस्तरीयहिन शिक्षाको विरुद्ध प्रदर्शनमा उत्रेका जनकपुरका युवाहरु माथि प्रहरीले लाठीचार्ज गरेको छ ।
गुणस्तरीयहिन शिक्षा विरुद्ध संर्घष समिति , जनकपुरधाममा शिक्षाको व्यापार चलिहरको भन्दै पहिलो चरणको आन्दोलन अन्तर्गत शनिबार जनकपुरधामको जानकी चौकमा प्रदर्शनमा उत्रेका युवाहरु उपर प्रहरीले लाठीचार्ज गरेपछि आईतबार जनकपुरधाम भित्रका सम्पूर्ण शैक्षिक सँस्थान बन्द गर्ने कार्यक्रम युवाहरुले अघि सारेका छन् ।
तीन दर्जन बढी युवाहरुको समूहले जानकी चौकमा शनिबार साँझ शैक्षिक माफिया विरुद्ध प्रदर्शन गर्दै गुणस्तीरहिन शिक्षा चाहिँदैन, शिक्षाको नाममा व्यापार गर्न पाइदैन, शिक्षा माफिया होसिया भन्ने मूल नारा चर्काएपछि प्रहरीले नियन्त्रण गर्न लाठीचार्ज गरेको गुणस्तरीयहिन शिक्षा विरुद्ध संर्घष समितिका सँयोजक आदित्य नेपालले जनाए ।
यता, प्रहरीको लाठीचार्ज विरुद्धमा आईतबार जनकपुरधामको सम्पूर्ण शैक्षिक सँस्थान बन्द गर्ने शैक्षिक माफिया विरुद्ध अभियानका अभियानी आदित्य नेपालले न्यूज ब्यूरोसँग भने । जनकपुरधाममा केही निजी विद्यालयहरुले शिक्षाको नाममा ब्रम्हलुट र व्यापार मात्र गर्दै आएको तथा शिक्षाको गुणस्तरीयता शून्यमा झारेको भन्दै त्यसलाई सुधारको लागि आन्दोलन गरेको नेपालले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…