राज्यमन्त्री मण्डलले लगाए सडकमा झाडु
राज्यमन्त्रीले मण्डलले झाडु लगाउँदै सरसफाई अभियानमा सबैलाई जुट्न समेत आग्रह गरे ।

२०७५ भदौ ३० शनिबार, बिहान ११:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ का उद्योग, पर्यटन वन तथा बातावरण राज्यमन्त्री सुरेश मण्डलले सडकमा झाडु लगाएका छन् । विश्व सरसफाई दिवसको अवसरमा मधेश नेपाल युवा ट्रष्ट सिरहाले आयोजना गरेको सरसफाई कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका राज्यमन्त्री मण्डल सडक बढारेका हुन् ।
सिरहा नगरपालिका वडा नम्बर १६ खिरौना चोकदेखी माडर बस स्टेसनसम्मको मुख्य सडक सरसफाई गरिएको छ । राज्यमन्त्रीले मण्डलले झाडु लगाउँदै सरसफाई अभियानमा सबैलाई जुट्न समेत आग्रह गरे ।
शनिवार १५ सेप्टेम्बर बिश्व सरसफाई दिवसको अवसरमा “सफा रहु, स्वच्छ बनौं” भन्ने मुल नाराका साथ सयौंको संख्यामा युवाहरुको सहभागीतामा सरसफाई कार्यक्रम गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…