राजविराजमा सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु !
केही दिनयता बढेको अत्यधिक गर्मी र बाढीका कारण पूर्वी तराई मधेशमा सर्पको बिगबिगी बढेको पाइएको छ ।

२०७५ भदौ २८ बिहीबार, बिहान ९:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सप्तरीको राजविराजमा सर्पले टोकेपछि एक वृद्धको ज्यान गएको छ । सप्तरी महदेवा गाउँपालिका–४ मा सर्पको टोकाइबाट विहिबार एकजना वृद्धाको मृत्य भएको हो ।
मृत्युहुनेमा स्थानीय ६० वर्षीया मूर्तिदेवी राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घर नजिकै धान खेतमा काम गर्ने क्रममा उनलाई सर्पले टोकेको थियो । सर्पको टोकाइबाट सिकिस्त भएकी रामलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
केही दिनयता बढेको अत्यधिक गर्मी र बाढीका कारण पूर्वी तराई मधेशमा सर्पको बिगबिगी बढेको पाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…