प्रदेश २ को ८ वटै जिल्लाका समुदायिक विद्यालय ३ दिनको लागि बन्द
विद्यालय ठप्प भएपछि प्रदेश २ का आठ जिल्लाका लाखौं विद्यार्थी पढाईबाट बञ्चित भएका छन् ।

२०७५ भदौ २७ बुधबार, बिहान १०:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का आठै जिल्लाका सामुदायिक विद्यालय आजदेखि ठप्प भएका छन् । राहत शिक्षक संघर्ष समितिको आह्वानमा विद्यालय तीन दिनका लागि ठप्प पारिएको हो । आजको न्यूजपेपर दैनिकमा समाचार छापिएको छ ।
सबै राहत शिक्षकलाई स्थायी गर्नुपर्ने, शिक्षक सेवा आयोगले विज्ञापन गर्दा राहत शिक्षकको प्रदेश २ का सामुदायिक विद्यालय तीन दिनका लागि ठप्प हकमा उमेर हदबन्दी नलगाउनुपर्ने लगायत माग राखेर विद्यालय बन्द गराइएको समितिका महोत्तरी अध्यक्ष राजकिशोर सिंहले बताए ।
उनले आफुहरुको माग पुरा गर्न सरकार उदाशीन देखिएकाले बाध्य भएर शैक्षिक हड्तालमा उत्रनु परेको बताए । विद्यालय ठप्प भएपछि प्रदेश २ का आठ जिल्लाका लाखौं विद्यार्थी पढाईबाट बञ्चित भएका छन् ।
विद्यालय सुनसान भएका छन् । स्थायी शिक्षकहरु राहत शिक्षकको आन्दोलनमा समर्थन जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…