मिर्चैया नगरपालिका विरुद्ध फेरी ९ दिने चरणबद्ध आन्दोलनको घोषणा
संघर्ष समितिमा विभिन्न राजनीतिक दलका प्रतिनीधि, स्थानीय युवा, बुद्धिजीवीहरुको समूह रहेको छ ।

२०७५ भदौ १७ आइतबार, राति ८:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहको मिर्चैया नगरपालिका विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरिएको छ ।
आईतबार बसेको सँयुक्त संघर्ष समितिको बैठकबाट नगरपालिका विरुद्ध ९ दिने आन्दोलनको घोषणा गरिएको हो । गत साउन २९ गतेदेखि भदौ १५ गतेभित्रमा नगर प्रमुख श्रवण कुमार यादवले नगरको कर शूल्क, नागरिक वडा पत्र सहित गत आर्थिक वर्षको आय व्ययको हर हिसाब पार्दर्शी गर्ने मौखिक प्रतिवद्धता जनाएपछि हालसम्म नदिदा पुनः आन्दोलनका कार्यक्रमहरु अघि सारिएको हो ।
आन्दोलनको कार्यक्रम अनुसार, आउँदो मँगलबार भदौ १९ गते विरोध रयाली तथा कोण सभा, बुधबार २० गते नगरपालिकाको मूल गेटमा धर्ना, २१ गते वडा कार्यालय १ र २ मा धर्ना, २२ गते वडा कार्यालय ३ र १२ मा धर्ना, २३ गते मिर्चैया गुदरी बजारमा विरोध सभा, २४ गते वडा कार्यालय ४, ५ र ६ म धर्ना, २५ गते वडा कार्यालय ७ र ८ मा धर्ना, २६ गते वडा कार्यालय ९ मा धर्ना र २७ गते वडा कार्यालय १० र ११ मा धर्ना दिने सहित ९ दिने आन्दोलनको घोषणा गरिएको हो ।
संघर्ष समितिमा विभिन्न राजनीतिक दलका प्रतिनीधि, स्थानीय युवा, बुद्धिजीवीहरुको समूह रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…