महोत्तरीको पशुपतिनगरमा खानेपानीको हाहाकार !
किसानहरु दिनहुँ १/२ घण्टा समय लगाएर टाढा टाढाको ईनारहरुबाट पानी ल्याउने गरेका छन् ।

२०७५ भदौ १७ आइतबार, बिहान ९:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोतरी जिल्लाको पशुपतिनगरमा अधिकाँश इनारहरुमा पानी हालसम्म नआउदा स्थानीय बासिन्दाहरुमा पानीको हाहाकार मच्चिएको छ ।
चैत बैशाखको प्रचण्ड धूपले ईनारमा पानी सुख्न थालेपछी स्थानीय बासिन्दाहरु टाढा टाढाहरूबाट पानी ल्याउने गरेका छन्, तर अहिले समय समयमा पानी परे पनि ईनारहरुमा पानी नआएपछी स्थानीय वासिन्दाहरुले अझैसम्म पानीको लागि भौँतारिरहेका छन् ।
किसानहरु दिनहुँ १/२ घण्टा समय लगाएर टाढा टाढाको ईनारहरुबाट पानी ल्याउने गरेका छन् ।
स्थानीय पशुपतिनगर वडा न. १ मा बस्ने अमृत महतो बताउछन् - "यस्तो साम्सिया यो वर्ष मात्रे आएको होइन हामीले यो साम्सिया हरेक वर्ष झेल्दै आएका छौ हामीहरु जुन ईनारको पानी पिउने गरेको थियो त्यो इनार चैतमा नै सुखयो अनि अहिलेसम्म हामी २० मिनेटको बाटो हिडेर पशुपतिनगर वडा नं. ६ को ईनारबाट खान लागि पिउने पानी ल्याउने गरेका छौ ।"
पशुपतिनगरमा जम्मा १ सय ३० ईनार मध्य हाल करिब २५ वटा इनारमा खानको लागि मात्र पानी रहेका छन् । यस्तै गरी किसानगर, बिजलपुरा ,प्रेमनगरमा समेत खानेपानीको समस्या देखिएका छन् ।पशुपतिनगरमा खानेपानी सम्सिया हटाउनको लागि धेरै वर्ष अगाडि धारा ल्याउने योजनाको चहलपहल देखियको थियो तर अहिलेसम्म केहि अतोपतो छैन।
पशुपतिनगरमा हरेक चैत ,बैशाख र जेठमा ईनारमा पानी सुख्ने क्रम जारी रह्दा पनि सम्नधित निकाएले केही चासो नदेखिएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…