उपमेयर जयसवाललाई शिर्ष नेताहरुको बधाई
केन्द्रिय सदस्य जस्तो पदमा निर्वाचित भएपछि उहाँलाई बधाई थाप्न भ्याइ–नभ्याइ छ ।

२०७५ भदौ १५ शुक्रबार, राति १०:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । देश भरि रहेका नगरपालिकाहरुको छाता संगठन नगरपालिका संघको नया नेतृत्व चयन भएको छ ।
राजधानी काठमाडौँको राष्ट्रिय सभा गृहमा ३ दिन सम्म चलेको राष्ट्रिय भेलाले अशोक बिञ्जु श्रेष्ठको अध्यक्षतामा नया कार्य समितिको चयन गर्दै महाधिवेशन बिहीबार सकेको हो ।
सोही महाधिवेशनबाट रौतहटको गरुडा नगरपालिकाकी उपमेयर रंगिला देवी जैसवाल कार्य समिति सदस्यको रूपमा छानिनु भएकी छिन् । रौतहटको महिला उपमेयर केन्द्रिय सदस्य जस्तो पदमा निर्वाचित भएपछि उहाँलाई बधाई थाप्न भ्याइ–नभ्याइ छ ।
उपमेयर जयसवाललाई समाजीक संजाल फेसबुक ट्वीटर, वाट्स्प र भेटेर बधाई दिनेको लर्को लागेको छ । नेपाली काग्रेंश पार्टी बाट चुनाव जिती आफ्नो जनमूखी काम र शैलीले थौरै समयमा जनताको मन जित्न सफल जयसवाल विजय भएपछि नेपाली काग्रेंश का सभापति शेरबहादुर देउवा सहित दर्जनौ शिर्ष नेताले टेलिफोन र भेट घाटको क्रममा बधाई दिदै उत्तरोतर प्रगतिको कामना गरेका छन् ।
स्रोतका अनुसार जयसवाललाई पार्टी का उपसभापति रामचन्द्र पौडेल, रामशरण महत्त, शेखर कोइराला सहित जिल्लाका दर्जनौ नेता कार्याकर्ताले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । जयसवाल निर्वाचित भएपछि गरुडा नगरपालिकाको चौतर्फी विकासको लागि ठूलो बल मिल्ने युवा नेता नितिश कुमार गुप्ताले बताएका छन् ।
जिल्ला मै जनताको भावना अनूकुल विभिन्न समस्याको सामाधान र जनमूखी सेवा गर्दै अघि बढदै आएकी उपमेयर जयसवाल पछिल्लो समय नगर विकास बारे गम्भीर चासो लिदै अघि बढेपछि उहाँको लोकप्रियता हवातै बढेको हो ।
उपमेयर जयसवाल पहिले देखि नै महिलाहरुको शिक्षामा जोड दिने, भ्रष्टाचारको विरुद्घमा अवाज उठाउने महिला हिंसा न्यूनीकरणको लागि पहल गर्ने तथा सामाजिक विकृती विसंगतीलाई रोक्न अहो रात्र खट्ने एक कुशल महिला सामाजसेवीको रुपमा परिचति छिन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…