करेन्ट लागेर वडा सदस्यको मृत्यु
एक कुशल समाजसेवी र इमानदार नेता गुमाउदा स्थानीय जनता शोकमा छन् ।

२०७५ भदौ १५ शुक्रबार, बेलुकी ६:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको राजदेवी नगरपालिका बाट निर्वाचित एक वडा सदस्यको शुक्रबार मृत्यु भएको छ ।
वडा नं.३ बसतपुरबाट निर्वाचित वडा सदस्य ननिपत राउत बरइको करेन्ट लागेर मृत्यु भएको हो । एका बिहानै खेतमा पानी लगाउन उठेका वडा सदस्य राउत (बरई) ले विधुतीय मोटरको स्विच थिच्दा लागेको करेन्टले राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहट गौरले जनाएको छ ।
राजपा पार्टीबाट निर्वाचित राउतको मृत्युले सिंगो पार्टी लाई क्षति भएको बताउदै गौर नगरपालिकाकी उपमेयर किरण ठाकुर मृत्क आत्माको चिर शान्तिको लागि कामना गरेकी छिन् ।
मृत्कको पार्थिव शरिर माथि राजपाको झन्डा ओडाई पार्टीका दर्जनौ नेता कार्यकर्ताहरुले श्रद्घाञ्जली अर्पण समेत गरेका छन् । एक कुशल समाजसेवी र इमानदार नेता गुमाउदा स्थानीय जनता शोकमा छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…