आईतबार पनि प्रदेश २ मा सार्वजनिक विदाको घोषणा
प्रदेश अन्तर्गतका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट , बारा र पर्सा जिल्लामा सार्वजनिक विदा लागु हुने छ ।

२०७५ भदौ १५ शुक्रबार, दिउँसो १२:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले आउँदो आईतबार भदौ १७ गतेको लागि सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।
विहिबार बसको मन्त्रि परिषद्को बैठकबाट भगवान कृष्णको जन्माष्टमी परेकोले त्यो दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । कृष्णाजन्माष्टिमा हिन्दुधर्मका महिलाहरुले व्रत बस्ने प्रचलन छ । एकाराती १२ बजेदेखि नै पूजाआजामा लाग्ने गरेको छ ।
प्रदेश अन्तर्गतका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट , बारा र पर्सा जिल्लामा सार्वजनिक विदा लागु हुने छ ।
कृष्णाष्टमीमा उपवास समेत बस्ने गरिएको र हिन्दु धर्मावलम्बीहरुको उल्लासको पर्व भएको भन्दै प्रदेश सरकारले एक दिने विदाको घोषणा गरेको हो । कृष्णाष्टमीमा ग्रामिण भेक सहित शहरहरुमा समेत भव्य मेलाको आयोजना गरिन्छ भने मेला भर्न हजारौँको सँख्यामा श्रद्धालुहरु जाने गर्दछन् ।
यसअघि प्रदेश सरकारको सार्वजनिक विदा भने संघीय अन्तगर्तका कार्यालयहरु मान्दैन्थयो भने प्रदेश सरकारले नेपाल राष्ट्र बैँकमा तालाबन्दी गरेपछि सार्वजनिक विदा संघीय मातहतका कार्यालयमा समेत लागू हुने विश्वास लिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…