सप्तरीका बाढीपीडितलाई सक्षम फाउण्डेशनद्धारा 'हेल्प मधेसी' को सहयोग
सक्षम फाउण्डेशन निरन्तर निष्ठा र पूर्ण पार्दर्शीता रुपले काम गर्दै आएको बताइएको छ ।

२०७५ भदौ १४ बिहीबार, बिहान ८:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, साउदी । सप्तरीका बाढी पीडितलाई समाजिक सँस्था हेल्प मधेसीले आर्थिक सहयोग पठाएका छन् ।
सप्तकोसी नदीमा उच्च बहाबको कारण तटबन्ध नजिकैको पश्चिमी बस्तीहरुमा बाढी पसेको हुनाले तत्काल हेल्प मधेसी साउदी अरबद्धारा सहयोग गरिएको हो ।
सक्षम फाउन्डेसन नेपालद्वारा चलाएको अभियान सक्षम उद्धार सहयोग केन्द्र अन्तर्गतमा तत्काल हातेमालो र बाढी पीडितहरुको सहयोग स्वरुप ११ एघार हजारको सहयोग राशी पठाइएको हो । उक्त रकम सक्षम फाउन्डेसनका अध्यक्ष डाक्टर सि. के. सिंह लाई हस्तान्तरण गरिएको जनाइएको छ ।
सप्तकोसीको नदीमा आएको बाढी कारण सप्तरीको विभिन्न स्थान हरुमा जलमग्न भएको छ भने लगभग ५ सय भन्दा बढी घरहरु डुबानमा परेको छ ।
सप्तकोसी नदीले धार परिवर्तन गरेको सप्तरी स्थित पश्चिमी तटबन्ध छेउ हुँदै दक्षिण तर्फ पानीको बहाब बग्न थालेपछि तटबन्ध क्षेत्रका हनुमाननगर, कंकालिनी नगरपालिकाका ३ सय र तिलाठी कोइलाडी गाउँपालिकाका लगभग २ सय घर पूर्णरुपमा डुबानमा रहेको छ ।
भारत सरकारद्वारा कोसी नदीमा बनाईएको पाइलट च्यानल निर्माण पछि कोसी नदीको प्राकृतिक धार परिवर्तन भएर बाढी बस्तीमा पसेको स्थानीय पत्रपत्रिकामा खवर छापिएको छ ।

पहाडी क्षेत्रहरूमा परेको अविरल बर्षाको कारण सोमवार राति बाढी आएको झण्डै ३ हजार स्थानीय बासिन्दाहरुलाई खुल्ला आकाश मुनी बस्न बाध्य बनाएको हेल्प मधेसीका केन्द्रीय प्रमुख कमलदेव साहले जनाएका छन् ।
एक्कासी रातिको समयमा बाढी बस्तीमा पसेपछि घरमा रहेका खाद्यान्न, लत्ताकपडा दैनिक उपभोग बस्तु बाढीले बगाएको छ भने दुई दर्जन भन्दा बढी घरहरु जति भत्किसकेका छन ।
सक्षम फाउण्डेशन निरन्तर गरिब, निमुखा र यस्ता सहयोगी कार्यहरुमा निष्ठा र पूर्ण पार्दर्शीता रुपले काम गर्दै आएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…