मधेस आन्दोलनका शहिद राजेन्द्र राउतको पत्नीलाई प्रदेश सरकारको रोजगारी
आन्दोलनमा मारिएका कैयाँ शहिद परिवारको विच्चली भएको छ ।

२०७५ भदौ १२ मंगलबार, दिउँसो २:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल | प्रदेश नं. २ का सरकारले शहिद परिवारलाई रोजगारी तथा घाईतेलाई सहयोग योजना अन्तर्गत मँगलबार पुनः एक शहिद परिवारलाई नियुक्ती दिएको छ ।
मधेस आन्दोलनको क्रममा शहादत दिएका शहिद राजेन्द्र राउतको श्रीमति (पत्नी) लाई प्रदेश नं २ को सरकारले नियुक्त गरेका हुन् ।दुई छोराछोरी रहेको राउतकी पत्नी लिलम देवी राउतलाई प्रदेश सरकारको मुख्यन्यायधिवक्ता कार्यालयको कार्यालय सहयोगी पदमा नियुक्ती दिइएको जनाइएको छ ।

मँगलबार एक कार्यक्रमका बीच प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतले लिलम देवी राउतलाई सो नियुक्तिपत्र हस्तान्तरण गरे । नियुक्ति पत्र हस्तान्तरण समारोहमा मुख्यमन्त्री राउतले प्रत्येक शहीद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिने बताए।
"हामी आह्वान गरि सकेका छौ । जति शहीद परिवार सम्पर्कमा आउनु हुन्छ, सबैलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिन्छौ । "- उनले भने ।
यस अघि सोही कार्यालयमा अर्को शहीद राम विवेक यादवकी श्रीमति अनिला यादवलाई समेत रोजगारी दिइएको छ । मुख्य न्यायधिवक्ता कार्यालयले हाल सम्म २ जना शहीद परिवारलाई रोजगारी उपलब्ध गराएको हो ।
मधेश आन्दोलन शहीद परिवार रोजगारी तथा घाइते सहायता निर्देशिका २०७५ अनुसार उनीहरुलाई रोजगारी दिइएको छ । निर्देशिका अनुरुप प्रदेश सरकारले घाइतेहरुलाई समेत क्रमशः सहायता उपलब्ध गराउदै आएको छ ।
गत वि.स. २०७२ सालमा मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागेर राउतले शहादत दिएका थिए । प्रदेश सरकारको निर्देशिका अनुसार उनलाई उक्त कार्यालयमा योग्यता र क्षमताको आधारमा जागिर दिइएको हो ।
यता, मधेस आन्दोलनको क्रममा मधेसी दलतका नेताहरुले शहिद परिवारलाई ५० लाख रुपैयाँ दिने वाचा गरेपनि अहिलेसम्म एक सुको पनि दिन सकेका छैनन् ।आन्दोलनमा मारिएका कैयाँ शहिद परिवारको विच्चली भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…