जनकपुरधाममा 'प्लास्टिमुक्त जनकपुर' अभियान तीव्र
कपडाको वातावरणमैत्री झोला मात्र प्रयोग गर्न अभियान

२०७५ भदौ ८ शुक्रबार, बिहान १०:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ८ भदौ । स्वच्छ, सफा र सुन्दर जनकपुरधाम निर्माण हेतु सँचालन गरिएको प्लास्टिक झोलामुक्त अभियानलाई तीव्रता तथा निरन्तरता दिइएको छ ।
गँगासागर सफाई अभियान एवम क्लीन एण्ड ग्रीन जनकपुर अभियानका सँयोजक समेत रहेका प्रदेश नं. २ का विद्यायक समाजसेवी राम अशिष यादवले शुक्रवार समेत अभियानलाई निरन्तर दिएका छन् ।
जनकपुरधामको हिमाली बोर्डिङग स्कूलमा विद्यायक यादव सहितको एक टिमले उक्त स्कूलका छात्रछात्राहरुलाई प्लास्टिको झोला प्रयोगले वातावरणमा पर्ने प्रत्यक्ष प्रतिकुल असरको बारेमा सुझाएका थिए ।
विद्यायक यादवसँगै उनका समकक्षी समाजसेवी अमित कुमार झा, कृष्णचन्द्र साह लगायतका टोलीले विद्यालयका छात्रछात्राहरुलाई प्लास्टिकमुक्त जनकपुर अभियानलाई सघाउन आग्रह तथा प्रोत्साहन गरेका थिए ।
जनकपुरधामको पौराणिक पहिचान कायम गर्न तथा स्वच्छ र सफा जनकपुरधाम निर्माण हेतु जनकपुरधामका समाजसेवी राम अशिष यादवले निरन्तर अथक प्रयास जारी राखेका छन् ।
गँगासागर सफाई अभियानको पूर्णत सफलतापछि चलाइएको सफा र हरियो जनकपुर अभियान सफलताको बाटोतर्फ उन्मुख भएकै हो भने जनकपुरधामलाई प्लास्टिकमुक्त बनाउने अभियानलाई समेत तीव्रता दिएका छन् ।
जनकपुरधाममा सरसमान खरिद विक्री गर्दा प्लास्टिको पोलिथिन प्रयोग नगरी कपडाको वातावरणमैत्री झोला मात्र प्रयोग गर्न अभियान सल्काएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…