विद्युत अफिसका हाकिम यादव ५१ हजार रुपैयाँ घुससहित रँगेहात पक्राउ
पक्राउ पर्नेमा विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव रहेका छन्। विद्युत् जडान गर्न सेवाग्राहीसँग बार्गेनिङ गरेर पैसा लिने क्रममा उनलाई अख्तियारले फूयँल पेट्रोल पम्प नजिकै एक होटेलबाट घुससहित पक्राउ गरेको हो।

२०८३ भदौ १७ बुधबार, राति ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीबाट विद्युत् प्राधिकरणका अधिकृत ५१ हजार घुससहित पक्राउ परेका छन्।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् प्राधिकरणका एक अधिकृतलाई ५१ हजार घुससहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव रहेका छन्।
विद्युत् जडान गर्न सेवाग्राहीसँग बार्गेनिङ गरेर पैसा लिने क्रममा उनलाई अख्तियारले फूयँल पेट्रोल पम्प नजिकै एक होटेलबाट घुससहित पक्राउ गरेको हो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…