बाढी प्रभावित विद्यार्थीको शिक्षाका लागि 'ग्रेस इन्टरनेसनल ग्रुप' ले दियो २५ लाख सहयोग
पछिल्लो समय बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा विद्यालय भवन, कक्षाकोठा तथा शैक्षिक सामग्रीमा क्षति पुगेपछि विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएको छ । यस्तो अवस्थामा प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन तथा विद्यालय पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।

२०८३ भदौ १४ आइतबार, बेलुकी ६:४३ बजे१ मिनेट पढाइ

काठमाडौं । बाढी तथा विपद्का कारण प्रभावित विद्यार्थीहरूको शिक्षालाई निरन्तरता दिन तथा क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ग्रेस इन्टरनेसनल ग्रुपले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
ग्रेस इन्टरनेसनलका सह–संस्थापक तथा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष एन्ड्रयू पौडेलले शिक्षामन्त्रीसँग भेट गरी बाढी प्रभावित विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन तथा क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा विशेष पहल गरिदिन आग्रह गर्नुभएको हो ।
सोही अवसरमा पौडेलले ग्रेस इन्टरनेसनल ग्रुपका तर्फबाट २५ लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्नुभएको जनाइएको छ ।
पछिल्लो समय बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा विद्यालय भवन, कक्षाकोठा तथा शैक्षिक सामग्रीमा क्षति पुगेपछि विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएको छ । यस्तो अवस्थामा प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन तथा विद्यालय पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…