सरकारी गाडीलाई नीजि नम्बर प्लेट लगाएर चढदै आएका पूर्वसभामुखका ज्वाईं गाडीसहित पक्राउ
सुरक्षा स्रोतका अनुसार उक्त गाडी प्रदेश सभाको सरकारी सवारी हो। मतदाता प्रभावित पार्ने उद्देश्यले नम्बर परिवर्तन गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। गाडी र रमेश मण्डललाई थप अनुसन्धानका लागि धनुषाधामस्थित प्रहरी कार्यालयमा बुझाइएको छ। यता, ईलाका प्रहरी कार्यालय धनुषाधामले भने यस बारेमा बताउन चाहेनन् ।

२०८२ फागुन १९ मंगलबार, राति ११:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका पूर्व सभामुख रामचन्द्र मण्डल चढदै आएको सरकारी गाडीमा नीजि नम्बर प्लेट लगाएर गाडी चढेको आरोपमा उनका ज्वाईँ रमेश मण्डल पक्राउ परेका छन् ।
निर्वाचनको मौन अवधी चलिरहँदा धनुषा निर्वाचन क्षेत्र नं. १ को मिथिलाबिहारी नगरपालिका वडा नं. २ पुरनदाहास्थितबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सभामुख रहेको बेला धनुषा निर्वाचन क्षेत्र नं. १ का नेकपा एमालेका उम्मेदवार समेत रहेको रामचन्द्र मण्डलले सो सवारी प्रयोग गर्दै आएकोमा पदबाट हटाइएपछि पनि उनले सवारी फिर्ता नगरेको आरोप थियो । बिशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपालको विशेष चेकजाँचका क्रममा बागमती–प्र–०१ ००३२ च ७८९४ नम्बरको गाडीमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको आशंका गरिएको छ। उक्त गाडीे संवैद्यानिक नियोगका अधिकारीले चढने बागमति प्रदेश ०२–००१ झ ०२७९ को रहेको बुझिएको छ । सो नम्बरको गाडी पूर्व सभामुख मण्डल चढदै आएका थिए । गाडीमा हाफ निलो र हाफ रातो रँगको प्लेट अरिजनल हुनुपर्नेमा पूर्ण रुपमा नीजि रातो प्लेट बनाएर चढदै आएका थिए ।
सुरक्षा स्रोतका अनुसार उक्त गाडी प्रदेश सभाको सरकारी सवारी हो। मतदाता प्रभावित पार्ने उद्देश्यले नम्बर परिवर्तन गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। गाडी र रमेश मण्डललाई थप अनुसन्धानका लागि धनुषाधामस्थित प्रहरी कार्यालयमा बुझाइएको छ।
यता, ईलाका प्रहरी कार्यालय धनुषाधामले भने यस बारेमा बताउन चाहेनन् । जिल्ला प्रहरी कार्यालय धनुषाले व्यस्तता जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…