जाडो बढेपछि धनौजी गाँपाका अध्यक्ष साहले बाँडे सबै वडामा दाउरा, जाडोमा चोक चोकमा राहत

२०८२ पौष २३ बुधबार
रति ८:२७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाका गाउँपालिका अध्यक्ष (प्रमुख) राजकुमार साहले धनौजी गाउँपालिकाको विभिन्न वडामा दाउरा वितरण गरेका छन् । 

अत्यधिक चिसो बढेपछि बुधबार गाउँपालिका अध्यक्ष साहले धनौजी गाउँपालिकाको सवै वडामा पुगेर दाउरा वितरण गरेका हुन् । बुधबार यो बर्षको अहिलेसम्म सबभन्दा अधिक चिसो रहेको छ । 

अध्यक्ष साहले आफैँ ट्रयाक्टरमा टाउरा लोड गराएर विभिन्न वडामा वितरण गर्न लगाएको स्थानीयहरुले बताए । जाडो बढेपछि विभिन्न चोकमा सामुहिक रुपमा आगो ताप्न मिल्ने तथा शितलहर छल्ने गरी बराबर गरी दाउरा वितरण गरेका हुन् । 

दाउरा वितरणपछि वृद्धवृद्धाहरु विभिन्न चोकमा आगो ताप्न थालेका हुन् । जाडोमा वृद्धवृद्धाहरुलाई दाउरा वितरणपछि राहत प्रदान भएका छन भने गाउँपालिका अध्यक्षको प्रशँसा गरेका छन् । 

गाउँपालिका अध्यक्ष साहले चिसोमा निरन्तर दाउरा प्रदान गरी राहत उपलब्ध गराउने बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

झिटकहिया युवा संगठनले वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै, प्रथम पुरस्कार ३५ हजार

  • २०८२ पौष २३ बुधबार

न्युज ब्यूरो, जनकपुरधाम । झिटकहिया युवा संगठनले खेलकुदमार्फत युवाबीच एकता, मित्रता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘खेलले जोड्छ, युवाले भविष्य

पूरा पढ्नुहोस्

Bureau Menus