जाडो बढेपछि धनौजी गाँपाका अध्यक्ष साहले बाँडे सबै वडामा दाउरा, जाडोमा चोक चोकमा राहत
अध्यक्ष साहले आफैँ ट्रयाक्टरमा टाउरा लोड गराएर विभिन्न वडामा वितरण गर्न लगाएको स्थानीयहरुले बताए । जाडो बढेपछि विभिन्न चोकमा सामुहिक रुपमा आगो ताप्न मिल्ने तथा शितलहर छल्ने गरी बराबर गरी दाउरा वितरण गरेका हुन् ।

२०८२ पुस २३ बुधबार, राति ८:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाका गाउँपालिका अध्यक्ष (प्रमुख) राजकुमार साहले धनौजी गाउँपालिकाको विभिन्न वडामा दाउरा वितरण गरेका छन् ।
अत्यधिक चिसो बढेपछि बुधबार गाउँपालिका अध्यक्ष साहले धनौजी गाउँपालिकाको सवै वडामा पुगेर दाउरा वितरण गरेका हुन् । बुधबार यो बर्षको अहिलेसम्म सबभन्दा अधिक चिसो रहेको छ ।
अध्यक्ष साहले आफैँ ट्रयाक्टरमा टाउरा लोड गराएर विभिन्न वडामा वितरण गर्न लगाएको स्थानीयहरुले बताए । जाडो बढेपछि विभिन्न चोकमा सामुहिक रुपमा आगो ताप्न मिल्ने तथा शितलहर छल्ने गरी बराबर गरी दाउरा वितरण गरेका हुन् ।
दाउरा वितरणपछि वृद्धवृद्धाहरु विभिन्न चोकमा आगो ताप्न थालेका हुन् । जाडोमा वृद्धवृद्धाहरुलाई दाउरा वितरणपछि राहत प्रदान भएका छन भने गाउँपालिका अध्यक्षको प्रशँसा गरेका छन् ।
गाउँपालिका अध्यक्ष साहले चिसोमा निरन्तर दाउरा प्रदान गरी राहत उपलब्ध गराउने बताए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…