जनकपुरः कारको ठक्करबाट एकै पटक ज्यान गुमाएका महतो दम्पतिको एउटै चितामा अन्त्येष्टी 

२०८२ मङ्सिर ९ सोमबार
बेलुकी ७:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषामा आइतबार राति कारको ठक्करबाट ज्यान गुमाएका दम्पतीको सोमबार एकै चितामा अन्तिम संस्कार गरिएको छ। 

जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत मिथिला नगरपालिका–२, नकटाझिज नजिक भएको दुर्घटनामा मिथिला नगरपालिका–१ का ६० वर्षीय राजकुमार महतो र उनकी ५५ वर्षीया श्रीमती सुमित्रा देवी महतोको मृत्यु भएको हो।

पारिवारिक स्रोतका अनुसार दम्पतीको शव आइतबार राति नै पोस्टमार्टमपछि परिवारलाई बुझाइएपछि आज बिहान संयुक्त रूपमा अन्त्येष्टि गरिएको हो।

जनकपुरतर्फबाट ढल्केवर जाने क्रममा बागमती प्रदेश ०१–०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार ती दम्पतीलाई ठक्कर दिएको थियो। घटनास्थलमै सुमित्रा देवीको मृत्यु भएको थियो भने गम्भीर घाइते राजकुमार महतोको जनकपुरस्थित अस्पतालमा उपचारकै क्रममा प्राण गयो।

दुर्घटनामा संलग्न कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 97%
  • 3%

जिममा महिलाका आपत्तिजनक भिडियो बनाएको आरोप, सञ्चालक पक्राउ, १००–१५० तस्बिर–भिडियो बरामद

  • २०८२ मङ्सिर ९ सोमबार

भारत । भारतको गुजरातस्थित सुरेन्द्रनगरमा जिममा आउने महिलाको गोप्य रूपमा आपत्तिजनक तस्बिर तथा भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोपमा जिमका व्यवस्थापक अमिन यासिनभाई मुलतानी पक्राउ परेका छन् । सुरेन्द्रनगरको ‘क्लब ७१’ जिममा

पूरा पढ्नुहोस्

Bureau Menus