पथलैया–निजगढ राजमार्गमा जङ्गली हात्तीको आतंक, गाडीबाट झिकेर एक जनालाई किचे
हात्तीको आक्रमणपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ र सडकमा आवागमन अवरुद्ध बनेको थियो। घटनास्थलमा सुरक्षाकर्मी र वन सुरक्षाकर्मीहरूले हातीलाई भगाएपछि मात्र राजमार्ग सँचालनमा आएको थियो ।

२०८२ कार्तिक २४ सोमबार, राति ९:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पथलैयादेखि नीजगढको बाटोमा जँगली हातीले एक जनालाई किचेर मारेको छ ।
पथलैयादेखी निजगढबीचको जङ्गल क्षेत्रमा दुई वटा हात्तीले सडकमा गुडिरहेका सवारीसाधनहरूमा आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ भने करिब आधा दर्जन सवारीसाधन क्षतिग्रस्त भएका छन्।
हात्तीको आक्रमणपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ र सडकमा आवागमन अवरुद्ध बनेको थियो। घटनास्थलमा सुरक्षाकर्मी र वन सुरक्षाकर्मीहरूले हातीलाई भगाएपछि मात्र राजमार्ग सँचालनमा आएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…