धनुषाको शहिदनगरमा लाउडस्पीकर र अश्लिल गीत नबजाउन प्रहरीलाई युवाहरुको ज्ञापन
शहदनगर नगरपालिकाभित्र तिहार र छठमा चर्को साउण्डमा लाडस्पीकर नबजाउन, साउण्डमा अश्लिल गीत नबजाउन तथा तिहार र छठमा सुरक्षा कडा पारिदिन आग्रह गरेका छन् ।

२०८२ कार्तिक २ आइतबार, राति ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाभित्र अश्लिल गीत प्रतिबन्ध गर्न युवाहरुले आग्रह गरेका छन् ।
आईतबार ईलाका प्रशासन कार्यालय यदुकूहा पुगेर शहिदनगर युवा मँचका युवाहरुले अश्लिल गीत नबजाउन तथा ध्वनी प्रदुषण रोक्नको लागि प्रशासन गुहारेका छन् ।
शहदनगर नगरपालिकाभित्र तिहार र छठमा चर्को साउण्डमा लाडस्पीकर नबजाउन, साउण्डमा अश्लिल गीत नबजाउन तथा तिहार र छठमा सुरक्षा कडा पारिदिन आग्रह गरेका छन् ।
मँचका अगुवा लालबाबु मण्डलको अगुवाईमा गएका इन्जिनियर नरेश यादव , राकेश यादव , अन्मोल भणडारी , झगरु यादव लगायत मँचका टोलीले ईलाका प्रशासन कार्यालय यदकुूहाका प्रमुखलाई ज्ञापन पत्र बुझाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…