न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यू भएको छ । दुर्घटनामा दुई जना युवकको अवस्था गम्भिर भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ भोयलस्थित मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकलमा सवार एक युवकको मृत्यू भएको हो । मृत्यू हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलिया बस्ने स्थानीय अन्दाजी २१ बर्षिय युवक अर्जुन दासको मृत्यू भएको हो ।
सोही दुर्घटनामा सोही स्थान बस्ने अन्दाजी २० बर्षिय करण दास र र खुसी दास गम्भिर घाईते भएका छन् । भोयलस्थित मोडमा रहेको खाल्डो (नदी, पोखरी) मा खसेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिए ।
उनका अनुसार, हुलाकी सडक अन्तर्गत भोयलस्थित रहेको मोडमा मोसा अनियन्त्रित हुँदा दुर्घटना भएको देखिएको छ । उनीहरु लागुऔषध सेवन गरेको जस्तो समेत देखिएको स्थानीय प्रत्यदर्शीहरुले जनाएका छन् ।
प्रदेश ०२–००४ प ९२८४ नम्बरको मोसामा सवार अर्जुनको पोखरीमै डुबेर मृत्यू भएको प्रहरीले जनाएको छ । गम्भिर घाईते भएका महराको जनकपुरस्थित न्यूरो हस्पिटलमा उपचार भईरहेको छ ।
बच्चा खेलाउँदै बाँदर
- २०८२ कार्तिक २ शनिबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्







