विगत ४ बर्षदेखि जलकुम्भीले भरिएको पोखरी युवाहरुले गरे सफाई, ठेक्का लगाउने तयारी
स्थानीय अगुवा रुपेश यादवको नेतृत्वमा भएको सफाईमा गाउँकै युवाहरुले सफाईको लागि अग्रसर भएका थिए । जनप्रतिनीधिको प्रतिक्षा नगरी उनीहरुले आफ्नो गाउँ आफैँ बनाउनुपर्छ धारणासहित सफाई कार्यक्रम गरेको हो ।

२०८२ असोज २५ शनिबार, राति ८:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको झिटकहियास्थित विगत ४ बर्षदेखि बेकामे बेवारिसे रहेको पोखरी युवाहरु मिलेर सफाई गरी सँचालनमा ल्याएका छन् ।
धनुषाको औरही गाउँपालिका वडा नं. १ झिटकहियास्थित रहेको सार्वजनिक पोखरी विगत ४ बर्षदेखि सफाईको अभावमा बेवारिसे रहँदै आएको थियो ।
झिटकहिया युवा संगठनले ३ सातामा सफाई गरी ठेक्का लगाउने तयारी गरिएको हो । प्रत्येक शनिबार सफाई कार्यक्रम राखी तेसे सातामा सफाई सम्पन्न गरेको हो ।
स्थानीय अगुवा रुपेश यादवको नेतृत्वमा भएको सफाईमा गाउँकै युवाहरुले सफाईको लागि अग्रसर भएका थिए । जनप्रतिनीधिको प्रतिक्षा नगरी उनीहरुले आफ्नो गाउँ आफैँ बनाउनुपर्छ धारणासहित सफाई कार्यक्रम गरेको हो ।
Before कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…