धनुषामा आफ्नै घरमा करेन्ट लागेर एक जनाको मृत्यू, पढाएर गर्दै थिए गुजारा
उनी जन्मजात अपाँग रहेकोले बालबालिकाहरुलाई ट्युशन पढाएर जिविका गुजारा गर्दै आएका थिए । एक छोरा र एक छोरी पण्डितको रहेको छ । उनको मृत्यूपछि श्रीमति अचेत अवस्थामा रहेकी छन् । छोरा विदेश छन् भने छोरी बिहे गरी ससुरामा छिन् ।

२०८२ असोज २१ मंगलबार, बिहान १०:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषमा गएराती करेन्ट लागेर एक जना पुरुषको मृत्यू भएको छ । विदेह नगरपालिका वडा नं. २ दुहबी बस्ने स्थानीय ५५ बर्षिय हरि पण्डितको करेन्ट लागेर मृत्यू भएको हो ।
गएराती करिब १०ः३० बजेको समयमा सुत्न जाँदै गर्दा फलामे गेटमा करेन्ट प्रवाह भई मृत्यू भएको हो । करेन्ट लागेपछि गम्भिर घाईते भएका पण्डितलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।
जन्मजात फरक क्षमता (अपाँग) रहँदै आएका पण्डितले राती सुत्ने बेलामा मुख्यद्धारा (मेनगेट) बन्द गर्न खोजेका थिए । घरमा बिजुलीको तार कट भई करेन्ट प्रवाह भएको थियो ।
उनी जन्मजात अपाँग रहेकोले बालबालिकाहरुलाई ट्युशन पढाएर जिविका गुजारा गर्दै आएका थिए । एक छोरा र एक छोरी पण्डितको रहेको छ । उनको मृत्यूपछि श्रीमति अचेत अवस्थामा रहेकी छन् । छोरा विदेश छन् भने छोरी बिहे गरी ससुरामा छिन् ।
मृतकको शवको पोष्टमार्टम प्रादेशिक अस्पतालमा भईरहेको छ । पोष्टमार्टमपछि उनको शव परिवारजनलाई जिम्मा दिइने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…