धनुषामा एक पुरुष मृत अवस्थामा फेला, अझै खुलेन पहिचान
“हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन,” प्रहरी निरीक्षक यादवले बताए, “यदि कसैले मृतकलाई चिनेका वा पहिचान गर्न सक्ने भए तत्काल इलाका प्रहरी कार्यालय ढल्केवरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

२०८२ असोज २१ मंगलबार, बिहान ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ८ लबटोली गोठटोलमा एक अज्ञात पुरुष मृतावस्थामा फेला परेका छन्।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार आइतबार उक्त पुरुषको शव कृषि फर्मको पर्खालदेखि करिब पाँच फिट पश्चिमतर्फ रहेको धानखेतको कुलोमा बगिरहेको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।
प्रहरीले तत्काल नाम, थर र वतन नखुलेको करिब ४० देखि ४५ वर्ष उमेर समूहको पुरुषको शव फेला परेको जनाएको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का गरी शवलाई जनकपुरधामस्थित प्रदेश अस्पतालको शवगृहमा पोष्टमार्टमका लागि पठाएको छ। मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ।
“हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन,” प्रहरी निरीक्षक यादवले बताए, “यदि कसैले मृतकलाई चिनेका वा पहिचान गर्न सक्ने भए तत्काल इलाका प्रहरी कार्यालय ढल्केवरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…