धनुषाको औरही खोला पूलको साइड भाँसियो, भारी सवारी प्रतिबन्ध
माटो भाँसिएपछि थप भासिन सक्ने तथा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी भारी सवारी साधन नचलाउन स्थानीयहरुले आग्रह गरेको छ । अहिले सो पुलमा मर्मतको कार्य स्थानीय अगुवा युवाहरुले सुरु गरेको युवा अगुवा अजय कुमार राउतले जानकारी दिए ।

२०८२ असोज ४ शनिबार, बिहान ९:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको औरही खोलामा रहेको औरही खोला पूलको माटो भाँसिएपछि भारी सवारी साधन बन्द गरिएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ महेन्द्रनगर एभरेष्ट पेपर मिलदेखि शान्तीपुर जाने बाटोमा रहेको औरही खोला पूल चढने बाटोको माटो भाँसिएपछि भारी सवारी नलैजान आग्रह गरिएको छ ।
माटो भाँसिएपछि थप भासिन सक्ने तथा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी भारी सवारी साधन नचलाउन स्थानीयहरुले आग्रह गरेको छ ।
अहिले सो पुलमा मर्मतको कार्य स्थानीय अगुवा युवाहरुले सुरु गरेको युवा अगुवा अजय कुमार राउतले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…