नदीमा नुहाउन गएकी बालिकाको मृत्यू, नेपाली सेनाले खोजे शव
गौर-६ स्थित लालबकैया खोलामा नुहाउन गएकी करिश्मा डुबेर बेपत्ता भएकी थिइन् । बेपत्तापछि नेपाली सेनाले जानकारी प्राप्त गरे लगत्तै उनको शव पुरेनवा स्थित नारायणदल गणबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकायको सहयोगमा मृत अवस्थामा फेला पारी प्रहरीलाई बुझाएको हो ।

२०८२ भदौ २८ शनिबार, बेलुकी ५:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा नदीमा नुहाउन गएकी एक बालिकाको नदीमा डुबेर मृत्यू भएको छ । शनिबार जितियको नहायखायमा नुहाउन गएकी बालिकाको मृत्यू भएको हो ।
जितिया पर्वको (नहायखाय) को लागि आमासँगै नदीमा नुहाउन गएकी गौर नगरपालिका वडा नं. ६ निवासी बैजु साहकी १० वर्षीया छोरी करिश्मा साह मृत अवस्थामा भेटिएकि छन् ।
गौर-६ स्थित लालबकैया खोलामा नुहाउन गएकी करिश्मा डुबेर बेपत्ता भएकी थिइन् । बेपत्तापछि नेपाली सेनाले जानकारी प्राप्त गरे लगत्तै उनको शव पुरेनवा स्थित नारायणदल गणबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकायको सहयोगमा मृत अवस्थामा फेला पारी प्रहरीलाई बुझाएको हो ।
मृतकको शव पोष्टमार्टमको लागि गौर अस्पताल लगिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…