धनौजी गाउँपालिकाले पटक पटक जागिरको विज्ञापन निकालेर राजस्व मात्र असुले, नोकरी दिएनः वडासदस्य मिश्र
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाका एक वडासदस्यले गाउँपालिकामाथि राजश्व असुली मात्र गरी जागिर नदिएको आरोप लगाएका छन् । धनौजी गाउँपालिका वडा नं. २ का वडासदस्य रोशन मिश्रले गाउँपालिकाले पटक पटक विज्ञापन निकालेर राजस्व असुली मात्रै गरेको आरोप लगाएका छन् । उनले समाजिक सँजालमा एक स्टेटस

२०८२ भदौ १७ मंगलबार, राति ८:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाका एक वडासदस्यले गाउँपालिकामाथि राजश्व असुली मात्र गरी जागिर नदिएको आरोप लगाएका छन् ।
धनौजी गाउँपालिका वडा नं. २ का वडासदस्य रोशन मिश्रले गाउँपालिकाले पटक पटक विज्ञापन निकालेर राजस्व असुली मात्रै गरेको आरोप लगाएका छन् । उनले समाजिक सँजालमा एक स्टेटस राखेर गाउँपालिकाले विभिन्न समयमा निकालेको विज्ञापनको स्क्रीनसट समेत हालेका छन् ।
विगत ३ बर्षदेखि निरन्तर विज्ञापन निकालेपनि गाउँपालिकाले कर्मचारी भने भर्ना गरेका छैनन् । आवेदन माग गरी राजस्व उठाउने र त्यसपछि कुनै प्रक्रिया नै नगरी राजस्व झ्वाम्म पार्ने काम भईरहेको आरोप लगाएका छन् ।
“पटक–पटक एउटै पदको लागि सूचना निकालेर आवेदन लिने काम गरिएको छ । आवेदनपछि लिखित परीक्षा, मौखिक परीक्षा केही गरिदैन् । बरु, निकालिएको विज्ञापनमा कुनै प्रक्रिया नै अगाडी बढाउँदैनन, यसरी गरिब निमुखा विद्यार्थीहरुले आवेदन भर्न एक हजारसम्म तिर्नुपरेको छ । उनीहरुलाई फिर्ता पनि गरिदैनन् ।”– उनले भने ।
विभिन्न समयमा कर्मचारी माग गरिएको विज्ञापन प्रकाशित गरिएपनि कर्मचारी भने भर्ना नगरिएको बताईएको छ । वडासदस्य मिश्रका अनुसार, पत्रिकामा विज्ञापन निकालेर विज्ञापन प्रकाशन वापतको रकम झिक्ने र असुली भएको राजस्व समेत बाँडफाँड हुने गरेको आरोप लगाए । न्यूज ब्यूरोसँगको कुराकानीमा उनले विगतमा फर्म भरेका दर्जन बढीको नाम र सबुत प्रमाण राखेको बताए ।
धनौजी गाउँपालिकाले पुनः कर्मचारीको लागि सूचना निकालेपछि वडा सदस्य मिश्रले राजस्व संकलनको दाउ मात्रै रहेको बताउँदै कर्मचारी भर्ना फेरी नगर्ने औल्याएँ । यो प्रक्रिया विगतका बर्षदेखि चलिआएको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…