सिरहामा साईकलबाट खसेर एक बालकको मृत्यू, अर्का गम्भिर घाईते 

२०८२ श्रावण १० शुक्रबार
बिहान ०९:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, ९ साउन ।  सिरहामा पार्क घुम्न गएका एक बालकको साईकलबाट लडेर मृत्यू भएको छ । 

सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ स्थित मिर्चैया हिल पार्कमा बिहीबार दिउँसो साइकल दुर्घटनामा एक बालकको ज्यान गएको छ भने अर्का एक बालक घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार दुर्घटनामा मिर्चैया वडा नं. ५ का केशव मण्डलका १३ वर्षीय छोरा अभिषेक मण्डलको घटनास्थलमै मृत्यु भएको हो। सोही साइकलमा पछाडि सवार विष्णु ठाकुरका १२ वर्षीय छोरा विकास ठाकुर घाइते भएका छन्। घाइते विकासको मिर्चैया अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटना जय बजरंगबली सामुदायिक वन तथा जिवा ठाकुर सामुदायिक वन क्षेत्र अन्तर्गत रहेको मिर्चैया हिल पार्कको ओरालो बाटोमा साइकल अनियन्त्रित भएर भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवंम डिएसपी बिरेन्द्र कुमार पासवानले जान्कारी दिए ।दुई बालक घुम्नका लागि पार्क गएका थिए।

स्थानीयले पार्कमा बालबालिकाको सुरक्षाबारे गम्भीर चासो व्यक्त गरेका छन्। यो पहिलो दुर्घटना होइन, पार्क व्यवस्थापनले सुरक्षाका मापदण्डहरू कडाइका साथ लागू गर्नु आवश्यक रहेको स्थानीयहरुको भनाइ छ ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।मृतकको शवलाइ पोस्टमार्टमका लागि परिवारजनसंग कागजी प्रक्रिया भइरहेको प्रहरीले जनाए ।

  • 33%
  • 0%
  • 0%
  • 0%
  • 67%
  • 0%

'पाइला पाइलामा मान्छेको, आ-आफ्नै स्वार्थ हुन्छ'

  • २०८२ श्रावण १० शुक्रबार

जिन्दगीको गोरेटोमा एकलै हिड्न सिक्नु । बुझी आफ्नो महत्व,सस्तोमा कहिल्यै न बिक्नु धैर्यता र साहसले, प्रतिस्पर्धा मा टिक्नु। ज्ञान दिने गुरुहरुको, गुण कहिल्यै न बिर्सिनु। जिन्दगी को गोरेटोमा एक्लै हिड्न सिक्नु । पाइला पाइलामा मन्छेको,

पूरा पढ्नुहोस्

Bureau Menus