जसपा नेपाल निकट समाजवादी युवा संघले मधेश सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी
वर्तमान प्रदेश सरकारले जनविरोधी शैली अपनाएको भन्दै विरोध गर्न लागेको हो । साहका अनुसार, मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेपनि किसानको लागि कुनै विकल्प नअपनाएकोविरुद्ध विरोध जनाउन लागेको बताए ।

२०८२ साउन ९ शुक्रबार, बिहान ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका युवा संगठन समाजवादी युवा संगठनले मधेश प्रदेश सरकार विरुद्ध प्रदर्शनको तयारी गरेको छ ।
समाजवादी युवा संघ नेपाल, धनुषाद्वारा निर्धारित आउदो श्रावण ११ गते दिनको ११ बजे देखि हुने मधेश प्रदेश सरकार विरुद्धको वृहत विरोध प्रदर्शनको लागि स्थानीय तहहरुमा गएर पूर्व तयारी थालेको हो ।
संगठनका सँयोजक मदन कुमार साहको नेतृत्वमा धनुषा जिल्लाको विभिन्न पालिकाहरुमा रहेको युवा संघको संगठनमा सक्रिय पार्दै मधेश सरकारविरुद्ध प्रदर्शनको तयारी गरेको बताएका छन् ।
वर्तमान प्रदेश सरकारले जनविरोधी शैली अपनाएको भन्दै विरोध गर्न लागेको हो । साहका अनुसार, मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेपनि किसानको लागि कुनै विकल्प नअपनाएकोविरुद्ध विरोध जनाउन लागेको बताए ।
यसलाई पानी आन्दोलनका रुपमा विस्तार गरिने उनले थपे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…