लागुऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
पक्राउ परेका व्यक्तिहरू दुबैजना भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्लाका बासिन्दा रहेका छन्। पक्राउ पर्नेमा वर्ष ४० का राम नारायण साह रहेका छन्, जो मधुबनी जिल्लाको मझौरा पथराही ग्राम पञ्चायत राजका हुन्। उनी BR 32 AD 6993 नम्बरको मोटरसाइकलमा सवार थिए। त्यसैगरी, अर्का पक्राउ पर्ने व्यक्ति वर्ष २७ का राजन बाबु साह रहेका छन्, जो मधुबनीकै गोईत प्रसाही ग्राम पञ्चायतका हुन्। उनी BR32AK 6301 नम्बरको मोटरसाइकलमा सवार थिए। राजन बाबु साहकै साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको हो, जसको तौल प्लास्टिक बाहेक नापदा ४० ग्राम रहेको प्रहरीले जनाएको छ।

२०८२ असार १२ बिहीबार, राति ८:२५ बजे१ मिनेट पढाइ

सिरहा, असार ११ – सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–४ ठाडी बजारबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय सिरहा, र प्रहरी चौकी ठाडीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो।
२०८२ असार ११ गते दिउँसो करीब २:३० बजे भारतबाट नेपालतर्फ आउँदै गरेका दुईवटा मोटरसाइकलमा सवार व्यक्तिहरुको शरीर तथा सवारी साधन खानतलासी गर्दा, ब्राउन सुगर जस्तो देखिने लागुऔषध प्लास्टिक बाहेक नापतौल गर्दा ४० ग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका व्यक्तिहरू दुबैजना भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्लाका बासिन्दा रहेका छन्। पक्राउ पर्नेमा वर्ष ४० का राम नारायण साह रहेका छन्, जो मधुबनी जिल्लाको मझौरा पथराही ग्राम पञ्चायत राजका हुन्। उनी BR 32 AD 6993 नम्बरको मोटरसाइकलमा सवार थिए। त्यसैगरी, अर्का पक्राउ पर्ने व्यक्ति वर्ष २७ का राजन बाबु साह रहेका छन्, जो मधुबनीकै गोईत प्रसाही ग्राम पञ्चायतका हुन्। उनी BR32AK 6301 नम्बरको मोटरसाइकलमा सवार थिए। राजन बाबु साहकै साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको हो, जसको तौल प्लास्टिक बाहेक नापदा ४० ग्राम रहेको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…