न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको लहान नगरपालिकाबाट लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूका साथबाट खैरो हिरोइन ९ब्राउन सुगर० जस्तो देखिने पदार्थ, डिजिटल तराजु तथा मोबाइल सेटहरू बरामद गरिएको प्रहरीले जनाएको छ।
सोमबार साँझ करिब ७ः३० बजे, लहान नगरपालिका–२ मटिअर्वा टोलस्थित २३ वर्षीय विवेक यादवको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको हो।
प्रहरी टोलीले खानतलासीको क्रममा कालो प्लास्टिकमा प्याक गरिएको १७.४९ ग्राम लागुऔषध (खैरो हिरोइन) जस्तो देखिने पदार्थ, १ थान डिजिटल तराजु र मोबाइल सेटहरू बरामद गरेको जनाएको छ। बरामद पदार्थ परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।
पक्राउ पर्नेहरुमा बर्ष २३ का विवेक यादव, बर्ष ३० का सुरेश साह सुडी र बर्ष २७ का राजकुमार विश्कर्मा रहेका छन् । उनीहरुको साथबाट मोबाईल, लागुऔषधहरु बरामद गरिएको हो ।
प्रहरीले तीनै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमा ल्याई अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ। मँगलबार सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता बीरेन्द्र पासवानले बताएअनुसार, “लागुऔषधको कारोबार तथा प्रयोग विरुद्ध जिल्ला प्रहरी कार्यालयले निरन्तर निगरानी, गस्ती र गोप्य सूचनाको आधारमा कारबाही गर्दै आएको छ। यस घटनाले देखाउँछ कि हाम्रो टोली सशक्त ढंगले लागुऔषध नियन्त्रणमा सक्रिय छ।”
प्रहरीले जनताको सुरक्षाको लागि लागुऔषध कारोबार तथा दुरुपयोगमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउनका लागि सहयोग गर्न सर्वसाधारणलाई पनि आग्रह गरेको छ। साथै, जिल्ला प्रहरी कार्यालयले यस्ता कार्यहरूमा संलग्न व्यक्तिहरूको सूचना दिन अनुरोध गरेको छ।
जनकपुरका समाजसेवी राजीव झाः जसले कपडा बैँक मार्फत सेवा, संवेदना र संकल्पको परिचय दिए
- २०८२ असार १० मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । समाजसेवाको नाममा भाषण धेरै हुन्छन्, तर काम थोरैले मात्र गर्छन्। तीमध्ये एक हुन्—राजीव झा। जनकपुरधाममा क्लोथ बैंक सञ्चालन गरेर उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय,
पूरा पढ्नुहोस्


