सिरहाका डिएसपी बिरेन्द्र कुमार पासवान ‘Police of The Month’ बाट सम्मानित
विशेषगरी पछिल्लो समय सिरहा नगरपालिका र आसपासका क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न गिरोहहरूलाई नियन्त्रणमा लिने क्रममा उनले टोलीको नेतृत्व गर्दै ठूलो परिमाणमा लागुऔषधसहित केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएका थिए। यस्तै, स्थानीय विद्यालयहरूमा पुगेर विद्यार्थीहरूलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु, महिलामाथि हिंसा नियन्त्रणका लागि ‘Community Policing’ लाई सक्रिय बनाउने कार्यमा समेत उनी अग्रसर छन्।

२०८२ असार ५ बिहीबार, बेलुकी ५:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारीमा उच्च लगनशीलता, कर्तव्यनिष्ठा र प्रभावकारी सुरक्षा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) बिरेन्द्र कुमार पासवानलाई ‘Police of The Month’ घोषणा गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाले २०८२ साल जेठ महिनाका लागि प्र.ना.उ. पासवानलाई संगठनको श्रीवृद्धि, नागरिकसँगको सम्बन्ध सुदृढीकरण तथा शान्ति सुरक्षाको प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएको भन्दै उक्त उपाधिबाट सम्मान गरेको हो।
प्र.ना.उ. पासवानले हालसालै सिरहा जिल्लामा लागुऔषध नियन्त्रण, अवैध हतियार बरामद, फरार प्रतिवादीहरू पक्राउ, बालबालिका तथा महिला हिंसा नियन्त्रण, ट्राफिक व्यवस्थापन सुधारजस्ता महत्वपूर्ण अभियानहरूमा नेतृत्वदायी भूमिका खेलेका छन्।
विशेषगरी पछिल्लो समय सिरहा नगरपालिका र आसपासका क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न गिरोहहरूलाई नियन्त्रणमा लिने क्रममा उनले टोलीको नेतृत्व गर्दै ठूलो परिमाणमा लागुऔषधसहित केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएका थिए। यस्तै, स्थानीय विद्यालयहरूमा पुगेर विद्यार्थीहरूलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु, महिलामाथि हिंसा नियन्त्रणका लागि ‘Community Policing’ लाई सक्रिय बनाउने कार्यमा समेत उनी अग्रसर छन्।
पासवानले संगठनले तोकेको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै सर्वसाधारणमा सुरक्षा अनुभूति गराउन सफल भूमिका खेलेका छन्। साथै, उनी सूचना व्यवस्थापन तथा प्रहरी–सर्वसाधारण समन्वयमा समेत सधैं क्रियाशील रहँदै आएका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाले उनलाई सम्मान गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट कार्य प्रदर्शनका लागि शुभकामना व्यक्त गरेको छ। नेपाल प्रहरी संगठनले हरेक महिनाको आधारमा जिम्मेवारीप्रति समर्पित, अनुशासित र उल्लेखनीय योगदान गर्ने प्रहरी अधिकारी वा कर्मचारीलाई ‘Police of The Month’ बाट सम्मान गर्दै आएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…