जनमत पार्टीका सँतोषराज सहनी र सेलिना कुँवरद्धारा एकै पटक पाँच योजनाको शिलान्यास
सोमबार सराबेको विभिन्न गल्लीमा परेको शहरी विकास कार्यालयको योजनामध्ये पाँच योजनाको शिलान्यास गरेको हो । जनमत पार्टीकी केन्द्रीय सदस्य एवम् साँस्कृति जनमत संघकी उपाध्यक्ष समेत रहेकी सँतोषकी श्रीमति सेलिना कुँवरले सँयुक्त रुपमा शिलान्यास गरेका छन् ।

२०८२ जेठ ५ सोमबार, दिउँसो ४:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम ।
जनमत पार्टीका केन्द्रीय कारिकारणी समिति सदस्य एवम् सांस्कृतिक जनमत संघका केन्द्रीय अध्यक्ष समेत रहेका सन्तोष राज सहनी र उनकी श्रीमति सेलिना कुँवरले एकैदिन पाँच वटा योजनाको शिलान्यास गरेका छन् ।
धनुषाको कमला नगरपालिका वडा नम्बर २ सराबे टोलस्थित शहरी विकास मन्त्रालयबाट आएको चालीस लाख बजेटमध्ये पाँच वटा पिसिसि ढलान बाटोको शिलान्यास गरिएको हो ।
सोमबार सराबेको विभिन्न गल्लीमा परेको शहरी विकास मन्त्रालयको योजनामध्ये पाँच योजनाको शिलान्यास गरेको हो । जनमत पार्टीकी केन्द्रीय सदस्य एवम् सांस्कृतिक जनमत संघकी उपाध्यक्ष समेत रहेकी सन्तोषकी श्रीमति सेलिना कुँवरले सँयुक्त रुपमा शिलान्यास गरेका छन् ।
कमला नगरपालिका वडा नम्बर २ को विभिन्न टोलमा सहनीले योजना ल्याएको बताएका छन् । उनले तेलियाहा र सराबेमा योजना सँचालन गरेको बताए । उनले यो आर्थिक बर्षमा करिब १ करोड रुपैयाँको बजेट ल्याएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…