४४३ बोतल लागू औषध सहित दुई युवक पक्राउ
पक्राउ पर्नेहरूमा लहान नगरपालिका–१५ का २१ वर्षीय सन्तोष यादव र लहान नगरपालिका–१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका छन्। उनीहरूको साथबाट लागुऔषध राखिएको दुईवटा बोराबाट क्रमशः १२०–१२० बोतल फेला परेको छ। त्यस्तै, सोही स्थानमा लुकाइ छिपाइ राखिएको थप दुई बोराबाट क्रमशः ११३ र ९० बोतल बरामद गरिएको छ। प्रहरीले उनीहरुको साथबाट मोटरसाइकल दुई थान (म.प्र. ०१–००४ प ५९८५ र स ३ प १७२) र मोबाइल दुई थान (रेडमी र रियलमी) समे

२०८२ बैशाख २४ बुधबार, राति ९:२२ बजे१ मिनेट पढाइ

सिरहा, बैशाख २४ – भारतबाट लागुऔषध ओसारपसार गरी ल्याउँदै गरेका दुई युवालाई सिरहा प्रहरीले पक्राउ गरेको छ। प्राप्त गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान नगरपालिका–१७ स्थित बलान खोलाको बगर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।
बैशाख २४ गते बिहान करिब ४:३० बजे भारतबाट लागुऔषध लिएर आउँदै गरेका व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुको साथबाट ONEREX–१०० एमएल लेखिएको ४४३ बोतल लागुऔषध बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा लहान नगरपालिका–१५ का २१ वर्षीय सन्तोष यादव र लहान नगरपालिका–१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका छन्। उनीहरूको साथबाट लागुऔषध राखिएको दुईवटा बोराबाट क्रमशः १२०–१२० बोतल फेला परेको छ। त्यस्तै, सोही स्थानमा लुकाइ छिपाइ राखिएको थप दुई बोराबाट क्रमशः ११३ र ९० बोतल बरामद गरिएको छ।
प्रहरीले उनीहरुको साथबाट मोटरसाइकल दुई थान (म.प्र. ०१–००४ प ५९८५ र स ३ प १७२) र मोबाइल दुई थान (रेडमी र रियलमी) समेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवैजनालाई सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहानमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…