सबैला १ का वडाध्यक्ष साहले मेरो चरित्र हत्या गर्योः शिक्षिका मिना साह

२०८२ बैशाख २४ बुधबार
रति ८:४६ बजे
बिजय ठाकुर

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथिला साहमाथि सामाजिक सञ्जालको दुरुपयोग गर्दै व्यक्तिगत आक्षेप लगाएको आरोप लागेको छ। 

सबैला वडा नं. १ स्थित रहेको मदन आश्रित आधारभूत विद्यालय, सबैला–१ की पूर्व प्रधानाध्यापक तथा हाल प्राथमिक तहकी शिक्षिका मिना साहले आफूमाथि गरिएको सामाजिक चरित्र हत्या र अपमानजनक टिप्पणीप्रति गम्भीर आपत्ति जनाएकी छन्।

शिक्षिका साहका अनुसार, विद्यालयमा निम्नमाध्यमिक तहका शिक्षक आइसकेपछि विद्यालयका सबै शिक्षकको सर्वसम्मत निर्णयअनुसार २०८१ माघ २९ गते विजय जसवाललाई प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गरिएको थियो। त्यस निर्णयको आधारमा माघ ३० गतेबाट जसवालले औपचारिक रूपमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालिसकेका छन्।

तर, यो निर्णय वडा अध्यक्ष साहलाई मन नपरेको र त्यसैका कारण उनले सामाजिक सञ्जालमार्फत शिक्षिका साहमाथि अनर्गल आरोप लगाउँदै व्यक्तिगत प्रतिष्ठामा आँच पु¥याउने गतिविधि गरेको आरोप शिक्षिका साहले लगाएकी हुन्।

'मलाई कहिले ुभाडा शिक्षकु त कहिले जथाभावी गालीगलौज गरेर फेसबुकमा पोस्ट गरिएको छ। ती सबै कुराको मैले स्क्रिनसट सुरक्षित राखेको छु। यदि यस्ता गतिविधि तत्काल बन्द नभए कानुनी कारबाहीको बाटो समाउने छु'- साहले भनिन्।

'वडा अध्यक्ष भनेका विद्यालयका अभिभावक हुन्। उहाँको भूमिका विद्यालयको समग्र विकासमा होस् भन्ने हाम्रो चाहना हो। तर उहाँ व्यक्तिगत टिप्पणी गरेर वातावरण बिथोल्ने काम गरिरहनु भएको छ। यसले विद्यालयको शैक्षिक गुणस्तर र शान्तिपूर्ण वातावरणमा नकारात्मक असर पारिरहेको छ।'- उनले थपिन् ।

यस विषयमा वडा अध्यक्ष मिथिला साहको धारणा सार्वजनिक भइसकेको छैन। 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

स्वीयू चुनाव नगरेको भन्दै राराब कलेज जनकपुरलाई कारण देखाउ आदेश

  • २०८२ बैशाख २४ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) चुनाव नगरेको विषयमा राराब कलेज जनकपुरविरुद्ध जनकपुर उच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। शैलेन्द्र कुमार मण्डलले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइपछि

पूरा पढ्नुहोस्

Bureau Menus