न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा नेकपा एमालेका नेता कार्यकर्ताहरुबीच अहिले पकडम पकडाई जारी छ ।
बिहानैदेखि तनावपूर्ण रहेको जनकपुरको नीधि भवनमा हुन लागेको एमालेको ८ औँ जिल्ला अधिवेशनमा नेताहरु कुटिएपछि निर्वाचन भोलीसम्मको लागि स्थगित भएको छ ।
दुई पक्षबीच झडप भएपछि अधिवेशन भोलिसम्मका लागि स्थगित भएको निर्वाचन समितिले सूचना दिएको छ । अन्तिम मतदाता नामावलीमा नाम प्रकाशनलाई लिएर बिहान विवाद हुँदा कुर्सी हानाहान भएको थियो ।
केहीबेरपछि वर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादव समेत लखेटिएका छन् । उनले एकलौटी गर्न खोजेको आरोप लागेपछि कार्यकर्ताहरुले लखेटेका हुन् ।
त्यसपछि बिहानैदेखि दिउँसोसम्म अधिवेशन स्थल महेन्द्ररायण निधि सांस्कृतिक कला केन्द्रमा झडप र तनाव जारी भएको थियो । वैशाख २० गतेदेखि जारी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन गर्न प्रक्रिया अघि बढाइएको थियो ।
झडपमा पाँचजना घाइते समेत भएका छन । अधिवेशनमा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मीनारायण यादवको उम्मेदवारी परेको छ ।
भोला यादव रघवीर महासेठ पक्षका छन् भने लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकरहरिया मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पक्षका हुन् ।
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
- २०८२ बैशाख २३ मंगलबार
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको
पूरा पढ्नुहोस्







