
न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका धनुषा जिल्ला अध्यक्ष सुरेन्द्र मण्डल र उनकी श्रीमति मँजु मण्डलबीचको प्रकरण अहिले चर्चामा आएको छ ।
हिन्दु सम्राट सेनाकी सदस्य समेत रहेकी मँजु मण्डलले आईतबार आफूलाई श्रीमान सुरेन्द्र मण्डलले निर्घात कुटपिट गरेको भन्दै समाजिक सँजालमा भिडियो र तस्विरहरु भाईरल गरेपछि प्रकरण बाहिरिएको हो ।
तस्विरहरु भाईरल बनेपछि जनमतका जिल्ला अध्यक्ष समेत रहेका मण्डलले आफूमाथि लगाएको आरोप निराधार रहेको बताएका छन् । न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा उनले समाजिक सँजालमा राखिएको तस्विर पुरानो रहेको बताएका छन् । मँजुले देखाएको घाउ दुई महिना अगाडीको मोटरसाईकल दुर्घटनाको रहेको दाबी गरे ।
घटनाको बारेमा जानकारी लिन खोज्दा सुरेन्द्रले मँजुको अन्यसँग अवैद्य सम्बन्ध रहेको कारण अदालतमा सम्बन्ध बिच्छेद ( डिभोर्स) को मुद्दा चलिरहेको बताए । मण्डलले विगतदेखि नै मँजुको अवैद्य सम्बन्धको कारण आफूलाई समय दिन नखोजेपछि छुटिने निर्णय लिएको बताए । उनले अदालतमा तीन पटकसम्म सम्बन्ध बिच्छेदको मुद्दा दिएको र अन्तिम पटकको मुद्दा चलिरहेको बताए ।
उनले भने, –“यो जुन घाउ देखाएको छ, त्यो मैले कुटपिट गरेको होईन, केही दिन अगाडी आफ्नो बोयफ्रेण्डसँग आउँदै गर्दा मोटरसाईकल एक्सीडेन्ट भएर चोट लागेको थियो । सोही चोटलाई मसँग जोडेर देखाएको छ । मैले कुटपिट गरेको छैन, मसँग सिसिटिभीको फुटेज प्रमाण छ ।”
यसका साथै, मण्डलले श्रीमति मँजुले केटासाथीहरुलाई लिएर घरमा जबरदस्ती गर्न खोजेको आरोप समेत लगाए । उनले बाहिरका मान्छेहरुलाई घरमा ल्याएर आफूमाथि आक्रमण गर्न लगाएको बताए । गत केही महिना अगाडी जनकपुरको राजर्षी जनक विश्वविद्यालयको चुनावमा समेत आफूमाचि चप्पल प्रहार गरेको सुनाए ।
यस सन्दर्भमा मँजुले विगत १७ बर्षदेखि आफूले सो घरमा यातना सहेको बताउँदै सम्बन्ध बचाउनको लागि मात्र चुप रहेको बताईन् । उनले सुरेन्द्र मण्डलको तीनवटा बिहे भएको आरोप लगाइन् । आफू तेस्रो श्रीमति रहेको आरोप लगाइन् ।
१७ बर्षदेखि सम्बन्धको लागि मात्रै चुप रहेको बताउँदै मन्जुले सुरेन्द्रको अवैद्य सम्बन्ध रहेको बताए । मँजुले सुरेन्द्रको आफ्नै आमासँग अवैद्य सम्बन्ध रहेको अपत्यारिलो आरोप लगाएकी छन् । उनले कान्छी आमा (मौसी) सँग नै अवैद्य सम्बन्धको कारण आफूलाई वास बस्न नदिएको आरोप लगाइन् ।
उनले भनिन्–“सुरेन्द्रको आफ्नी आमा मरेपछि उनको बुवाको कान्छीआमासँग बिहे भयो । जब उनको बुवा बिदेश गए अनि सुरेन्द्रको उनको कान्छीआमासँगै सम्बन्ध बस्यो । सुरेन्द्र तीनवटा बिहे गरेका छन् । म तेस्रो श्रीमति हुँ । उसैसँग सम्बन्धको कारण मलाई घर पस्न दिएको छैन् । म कहाँ जाने अब ?”
न्यूज ब्यूरोको एक जिज्ञासामा मँजुले कान्छीआमासँगको सम्बन्ध अपत्यारिलो रहेको भनेपछि उनले प्रमाण दिने बताईन् । साथै दुईवटा बिहे गरेका सुरेन्द्रसँग किन बिहे गरेको प्रश्नमा मँजुले आफूलाई झुक्याएर बिहे गरेको बताईन् । उनले अन्य कुराहरुको प्रमाण दिने बताईन् ।
धनुषा प्रहरीको 'लेडी सिँघम' ईन्सपेक्टर 'निकिता मिश्रा'
- २०८२ बैशाख २२ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । “ईन्सपेक्टर निकिता मिश्रा” यो नाम जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरीहरुमध्ये चर्चित नाम हो । जिल्ला प्रहरी कार्यालय धनुषाको महिला तथा बालबालिका शाखामा कार्यरत प्रहरी नीरिक्षक निकिता मिश्राको
पूरा पढ्नुहोस्